असोज २८,२०८१ / ०७ : ४८ पूर्वान्ह / 2024-10-14 07:48 am
      • param ad
      • furniture
      • veera Incorporation

      चेन्नै दिल्लीसँग ३४ रनले पराजित,सन्दिपको उत्कृष्ट प्रदर्शन

      - ६ वर्ष अगाडि
      जेष्ठ ५,२०७५

      काठमाडौं, इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत शुक्रबार दिल्ली डेयरडेभिल्सले चेन्नई सुपर किङ्सलाई ३४ रनले हराएको छ। 

      १६३ रनको लक्ष्य पछ्याएको महेन्द्र सिंह धोनीको टिम चेन्नई  २० ओभरमा  विकेट गुमाउँदै १२८ रनमा समेटिएपछि दिल्ली ३४ रनले विजयी भएको हो।चेन्नईलाई सस्तैमा रोक्न नेपाली बलर सन्दिप लामिछानेसहित अमित मिश्र, रिसब पटेल, ट्रेन्ट बोल्टले विकेट लिए।

      चेन्नईका लागि  अब्बती राइडुले ५०, रविन्द्र जडेजाले २७, महेन्द्रसिंह धोनीले १७, सुरेश रैनाले १५  र शेन वाटसनले १४ रन जोडेका थिए।यो सँगै आइपिएलमा दिल्लीको यो चौथो जित हो। अब उसले एक खेल खेल्न बाँकी छ। १३ खेलबाट ८ अंक जोडेको दिल्ली अन्तिम स्थानमा छ। उ यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेको छ।उता यसअघि नै प्लेअफमा स्थान बनाएको चेन्नाई १३ खेलबाट १६ अंकका साथ दोस्रो स्थानमा यथावत छ।अब लिग चरणको ४ खेल मात्र बाँकी छ।

       लिग अन्तर्गत शनिबार बैंगलोर र राजस्थान रोएल्स तथा कोलकता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच खेल हुनेछ।आइतबार दिल्ली र मुम्बई तथा चेन्नाई र पञ्जावबीच लिगको अन्तिम खेल हुनेछ।लिगमा शीर्ष स्थानमा रहेको  हैदरावाद पनि प्लेअफमा पुगिसकेको छ। कोलकता प्लेफको नजिकै छ।

       कोलकतासँगै मुम्बई, बैंगलोर, पञ्जाव र राजस्थान प्लेअफको बाँकी दुई स्थानको होडमा छन्। त्यसैले शनिबार हुने दुवै खेल निकै महत्वपूर्ण छ।सन्दिपको उत्कृष्ट प्रदर्शननेपाली युवा सन्दीप लामिछानेले आफ्नो चार ओभर बलिङमा १ विकेट लिएर २१ रन खर्चिएका छन्।दिल्ली डेयर डेभिल्सबाट खेलिरहेका लामिछानेले महेन्द्रसिंह धोनीको टिम चेन्नेई सुपर किंग्सविरूद्ध उत्कृष्ट प्रदर्शन गर्दै ५।२५ इकोनोमीमा बलिङ गरेका हुन्।यसअघि बैंग्लोरविरुद्ध डेब्यू खेलमा सन्दीपले ४ ओभरको स्पेलमा २५ रन खर्चेर १ विकेट लिएका थिए।

      दोस्रो ओभरमै बलिङ गर्न आएका सन्दिपले आफ्नो पहिलो ओभरमा मात्र दुई रन खर्चिए। यस ओभरमा अस्ट्रेलियन शेन वाट्सनले सन्दीपका सबै बल खेले। दोस्रो बलमा २ रन लिनबाहेक उनले अन्य बलमा एक रन लिन सकेनन्।त्यसपछि आफ्नो दोस्रो ओभरमा सन्दिपले ६ रन खर्चिए।भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनी र सुरेश रैनाविरुद्ध पनि सन्दीपले उत्कृष्ट बलिङ गरेका छन्। टिमको ११औं ओभरमा आफ्नो दोस्रो ओभर फाल्न आएका सन्दीपले ६ रनमात्रै खर्चिए। 

      धोनी र रैना तीन(तीन रन सिंगल दौडिएका थिए।सन्दीपले आफ्नो तेस्रो ओभरको पहिलो बलमा सुरेश रैनाको विकेट लिदैं ऐतिहासिक सफलता हात पारे। १५ रन बनाएर खेलिरहेका रैनालाई सन्दीपले विजय शंकरको हातबाट क्याच गराए।आइपीएलमा यो सन्दीपको दोस्रो खेलमा दोस्रो विकेट हो।

       यसअघि डेब्यू खेलमा सन्दीपले बैंग्लोरका पार्थिव पटेलको विकेट लिएका थिए।आएका सन्दीपले २ रनमात्रै खर्चिएर १ विकेट हात पारेको ओभरको पहिलो बलमा विकेट लिए भने दोस्रो बलमा बिलिङ्सले १ रन लिए। तेस्रो बलमा धोनीले एक लिएर बिलिङ्सलाई स्ट्राइक दिए। तर बिलिङ्सले रन लिन सकेनन्। पाचौ बल पनि डट खेलेका उनले छैठौं बलमा एक लिएका थिए।यस्तै सन्दिपले आफ्नो चौथो तथा अन्तिम ओभरमा १ छक्कासहित ११ रन खर्चिए।  पहिलो बलमा रविन्द्र जडेजाले छक्का प्रहार गरेका थिए भने दोस्रो बलमा २ रन लिएका थिए। तेस्रो बलमा एक रन लिएर धोनीलाई स्ट्राइक छोडेका थिए। धोनीले चौथो बलमा एक रन लिए। पाँचौ बलमा जडेजाले १ रन लिए भने अन्तिम बलमा धोनीले रन लिन सकेनन्।

      १६३ रनको लक्ष्य पछ्याउदै चेन्नइ ब्याटिङ गरिरहेको छ। दिल्ली डेयरडेभिल्सले अन्तिम ओभरमा २६ रन बटुल्दै चेन्नइ सुपरकिंग्सलाई मध्यम स्कोर दिएको हो। टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो।दिल्लीका लागि  रिसव पन्तले सर्वाधिक ३८ रन बनाएका थिए।

       २६ बल खेलेका पन्तले २ छक्का र ३ चौका प्रहार गरे।यस्तै अन्तिम ओभरमा १९ रन बनाएका हर्षल पट्टेलले १६ बलमा ३६ रन बनाए। यस्तै विजय शंकरले २८ बलमा ३६ रन जोडे।दिल्लीका ओपनर ब्याट्सम्यान पृथ्वी शःले १७ बलमा १७ रन बनाए।

       दिल्लीका कप्तान श्रीयस ऐरले १९ रन बनाएका थिए। ग्लेन म्याक्सवेल ५ रनमा आउट भएका थिए। अभिषेकले चार बलमा दुई रन मात्र जोडेका थिए।

        सम्बन्धित समाचारहरु