काठमाडौं,मुम्बई इन्डियन्सले बुधबार भएको इन्डियन प्रिमियर लिग (आइपिएल) मा किङ्स ईलाभेन पञ्जाबलाई ३ रनले हराउँदै अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । जितपछि १२ अंकसहित चौथो स्थानमा उक्लेको हो । समान अंक भएका राजस्थान रोयल्स पाँचौं र पञ्जाब छैटौं स्थानमा रहेको छ ।
१ सय ८७ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ८३ रन मात्र जोड्न सक्यो । ओपनर लोकेश राहुले अर्धशतक र आरोन फिन्चले ४६ रन बनाए पनि पञ्जाब लक्ष्यमा पुग्न असफल वने । लोकेशले ६० बलमा १० चौका र ३ छक्काको मद्दतमा ९४ रनको योगदान गरे । फिन्चले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४६ रन जोडे ।
मुम्बईका जसप्रित बुम्राहाले ३ र मिचेल म्याक्लिघनले २ विकेट लिए । त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ८६ रन बनाएको थियो । टोलीका लागि भने किरोन पोलार्डले अर्धशतक बनाएका थिए । २३ बल खेलेका पोलार्डले पाँच चौका र तिन छक्काको मद्दतमा ५० रन जोडे । कुर्नाल पाण्डेले ३२, ओपनर सूर्य कुमार यादवले २७ र इशान किशनले २० रन बटुले । मिलेल म्याक्लिघनले अविजित ११ रन बनाए ।
पञ्जावका एन्ड्रीयू टेले ४, रविचन्द्रन आश्विनले २ तथा अंकित राजपुत, मार्कुस स्टोनिसले समान १–१ विकेट लिएका थिए ।