काठमाडौ, पुरुषतर्फ हरिकुमार रिमाल र महिलातर्फ कान्छिमाया कोजुले आठौं संस्करणको कान्तिपुर हाफ म्याराथनको उपाधी जितेका छन् ।
काठमाडौंमा शनिवार भएको हाफ म्याराथनमा होमललाल श्रेष्ठलाई पछि पार्दै पुरुषतर्फ नेपाली सेनाका रिमाल पहिलो हुन सफल भएको हो । त्यसैगरी, महिलातर्फ सन्तोषी श्रेष्ठलाई पछि उछिन्दै नेपाल एपीएफ क्लबकी कान्छिमाया कोजु पहिलो भएकी छिन् ।
पुरुष र महिला दुबै तर्फका बिजेताले समान ५०र५० हजार रुपैयाँ र एक–एक थान स्कुटर हात पारे । त्यस्तै उपविजेताले ३०,३० हजार रुपैयाँ प्राप्त गरे ।
आठौ कान्तिपुर हाफ म्याराथन अन्तर्गत ह्विलचियरतर्फ प्रेम विकलाई पछि पार्दै रामबहादुर तामाङ पहिलो हुन सफल भए ।
हाफ म्याराथनको उद्घाटन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।