काठमाडौं , एथलेटिको मड्रिडले युरोपा लिगको उपाधि जितेको छ ।
फाइनल खेलमा मार्सेललाई ३-० गोल अन्तरले हराउँदै एथलेटिकोले उपाधि जितेको हो । एथलेटिकोलाई उपाधि दिलाउने क्रममा एन्टोनी ग्रीजम्यानले दुई गोल गरे । अर्को एक गोल कप्तान गावीले गरे । खेलको २१ औं मिनेटमा गावीको पासमा ग्रीजम्यानले गोल गर्दै एथलेटिकोलाई अग्रता दिलाएका थिए ।
४९औं मिनेटमा उनले दोस्रो गोल गरे । उनी म्यान अफ दि म्याच भए । अर्को एक गोल ८९ औं मिनेटमा गावीले थपेका थिए । एथलेटिको युरोपा लिगमा च्याम्पियन बनेको यो तेस्रोपटक हो । उसले यसअघि सन् २०१० र २०१२ मा पनि युरोपा लिगको उपाधि उचालेको थियो । सेभिल्लाले पनि तीन पटक युरोपा लिगको उपाधि जितेको छ ।