मुख्य समाचार
क्यान्सर अस्पतालका कानुनी अधिकृतमाथि डिजल छर्केर जिउँदै आगो लगाउने प्रयास
चितवन – भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एकजना अधिकृतमाथि डिजल छर्केर जिउँदै आगो लगाउने प्रयास भएको छ । अस्पतालका कानून अधिकृत गोकर्ण सापकोटामाथि शनिबार बिहान ८ः५० बजेको समयमा भरतपुर महानगरपालिका-७, कटहरचोकबाट कपाल काटेर घर फर्कने क्रममा माछापुच्छ्रे चोक नजिकै डिजल छर्केर आगो लगाउने प्रयास भएको हो ।
ग्यास सिलिण्डर पड्किएर आगलागी, १३ घर खरानी
विराटनगर : मोरङको ग्रामथान गाउँपालिका-२ वतराईटोलमा ग्यास सिलिन्डर पड्किएर भएको आगलागीमा परी १३ घर खरानी भएका छन् । आगलागीबाट आठ परिवारका १३ घर पूर्ण रुपमा ध्वस्त भएका छन् ।
घटनामा ५२ लाखभन्दा बढीको क्षति भएपनि मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ ।
वीना मगर ओली सरकारकी कान्छी मन्त्री
नेकपा माओवादी केन्द्रकी नेतृ वीना मगरलाई मन्त्री बनेकी छन्। उनी केपी ओली नेतृत्वको मन्त्रिपरिषद्को कान्छी सदस्य हुन्। ३४ वर्षीया विना सम्भवत नेपालकै कान्छी महिला मन्त्री हुन्।
२०४० साल मंसिर २२ गते कन्चनपुरमा जन्मिएकी वीना पुर्नवास जनता माध्यमिक विद्यालयमा पढ्दादेखि नै सक्रिय राजनीतिमा लागेकी थिइन्।
पराजुलीको बिदाइ
बिहीबार दिउँसो १ बजे राजीनामा दिएका पराजुली साँझ ६ बजे बालुवाटारस्थित सरकारी निवास छाडेर कपन सरस्वतीनगरस्थित निजी निवासतर्फ लागे
काठमाडौं,न्यायपरिषद्का सचिवले बुधबार दिउँसो २ः४५ बजे प्रधानन्यायाधीश गोपाल पराजुलीले अवकाश पाइसकेको पत्र जारी गर्दा नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीको शपथग्रहणको तयारी भइरहेको थियो । अनेक आशंकाबीच पराजुलीले नै अपराह्न साढे ४ बजे राष्ट्रपतिलाई शपथग्रहण गराए ।
यूएस बंगला विमान दुर्घटना : मृतकको लिंग पहिचानमै समस्या
बाटकाठमाडौं :यूएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरूको सनाखतमा समस्या देखिएको छ। दुर्घटनामा निधन भएकाहरूको विभिन्न अंगहरू जलेका कारण लिंग पहिचान नै कठिन बनेको छ।
त्रिवि शिक्षण अस्पताल फरेन्सिक मेडिसिन विभागका विभागीय प्रमुख डा. प्रमोद श्रेष्ठले बिहीबारसम्म ३५ जनाको शव पोस्टमार्टम गरिसकेको बताए।
अन्ततः गोपाल पराजुलीले राष्ट्रपतिलाई बुझाए राजीनामा
काठमाडौं । न्याय परिषद्ले पदमुक्त घोषणा गरेका प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति समक्ष राजीनामा बुझाएका छन् ।
परिषद्ले अवकास पाइसकेको भन्दै पत्र थमाएपछि पराजुलीले आफू पदमै रहेको र सर्वोच्च गएर पेशी तोक्ने बताएका थिए । उनी साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भन्दै बालुवाटार पनि पुगेका थिए ।
कायममुकायम हैसियतमा न्यायाधीश जोशीले तोके आजका इजलास
काठमाडौं : सर्वोच्च अदालतमा कायम मुकायम प्रधानन्यायाधीशको हैसियतमा दीपकराज जोशीले इजलास र पेसी तोकेका छन्। जोशीले कामुको हैसियतामा बिहीबार १० वटा इजलास तोकेका हुन्।
उनले एउटा एकल र ९ वटा संयुक्त इजलास तोकेका छन्। सर्वोच्च अदालतको वेबसाइटमा विश्वम्भरप्रसाद श्रेष्ठ र डम्बरबहादुर खतिवडा, अनिलकुमार सिन्हा र तेजबहादुर केसी, केदारप्रसाद चालिसे र पुरुषाेतम भण्डारीका संयुक्त इजलास तोकिएको उल्लेख छ।
बंगलादेशका मन्त्रीसहितको उच्चस्तरीय टोली काठमाडौँमा
काठमाडौँ: युएस-बंगला विमान दुर्घटनामा परेपछि बंगलादेशका नागरिक उड्ययन मन्त्रीसहितको उच्चस्तरीय टोली मंगलबार काठमाडौँ आइपुगेको छ ।
बंगलादेशका नागरिक उड्ययन तथा पर्यटन मन्त्री एकेएम शाहजाह कमलसहितको टोली मंगलबार अपरान्ह त्रिभुवन विमानस्थलमा अवतरण
बोक्सी प्रकरण : मेयर चौधरीमाथि गोली प्रहार
धनगढी– कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि अज्ञात समूहले गोली र खुकुरी प्रहार गरेको छ। गोली र खुकुरी प्रहारबाट चौधरी घाइते भएका छन्। आफ्नै निवासमा बसिरहेको अवस्थामा सोमबार करिब राति ८ बजेर १५ बजेतिर आक्रमण भएको बताइएको छ।
प्लेन दुर्घटनामा भाग्यले यसरी बाँचे विराटनगरका बसन्त बोहरा
काठमाडौं हामी बंगलादेशमा भएको एउटा तालिममा सहभागी हुन गएका थियौं । हामी विभिन्न ट्राभल एजेन्सीमा काम गर्ने १६ जना नेपाली थियौं । खासमा हिजो उड्नुपर्ने विमान आज उड्यो । हामी बंगलादेशबाट राम्रै तरिकाले आइरहेका थियौं । जब काठमाडौंमा ल्यान्ड गर्ने बेला भयो विमान अर्कै तरिकाले उडेको जस्तो अनुभव भयो ।








