मुख्य समाचार
मलेसिया जानेको संख्या बढ्यो, आवको फागुन मसान्तसम्म एक लाख पाँच हजार ५१
धनगढी प्रिमियर लिग ः टिम चौराह तीन विकेटले विजयी
क्रिकेट मैदानका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा दिने रेणु दाहालको घोषणा
इँटा उद्योगलाई वातावरणमैत्री प्रविधिमा जान प्रशिक्षण
सामुदायिक अस्पताललाई दुई करोड सहयोग
सासुसँग मिलेर ज्वाइँले छोराको नागरिकता लिए, नक्कली नागरिकतामा संम्लग्न वडा सदस्य, पूर्वअध्यक्ष र सचिवसहित ८ पक्राउ
पोखरा, मोरङका मिलन परियार कास्कीका धनजीतका ज्वाइँ हुन् । धनजीत विदेशमा भएका बेला जेठी श्रीमती मनकुमारीले जेठी छोरीको बिहे मिलनसँग गरिदिएका थिए । तर, उनै ज्वाइँले सासुसँग मिलेर छोराको नागरिकता लिएको खुलेको छ ।
वैदेशिक रोजगारीका लागि यूएई जान प्रहरी रिपोर्ट नचाहिने
काठमाडौं- संयुक्त अरब इमिरेटस् (यूएई) ले त्यहाँ जाने कामदारका लागि प्रहरी रिपोर्ट नचाहिने नयाँ नियम ल्याएको छ। अप्रिल १ देखि लागु हुने गरि यूएईको परराष्ट्र मन्त्रालयले यस्तो निर्णय गरेको हो। यूएई स्थित नेपाली राजदूत सागर फुँयालले अबदेखि नेपाली कामदारलाई प्रहरी रिपोर्ट नचाहिने जानकारी केहीबेर अघि प्राप्त भएको नागरिकन्यूजलाई टेलिफोनमा बताए।
ट्रमा सेन्टरबाट हामफालेर अमेरिकी नागरिकले गरे आत्महत्या
काठमाडौँ वीर अस्पतालको ट्रमा सेन्टरबाट हामफालेर एक जना विदेशी नागरिकले आत्महत्या गरेका छन् । वर्ष ५२ का जोन नाम गरेका अमेरिकी नागरिकले आत्महत्या गरेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । प्रहरीका अनुसार म्याद सकिएको पास्पोर्ट बोकेर नेपाल आएका बेला अध्यागमन विभागले पक्राउ गरेको थियो ।
नक्कली स्टिकर रोक्न नयाँ रणनीति: सिआइबीसँग मिलेर संयुक्त अपरेशन, नयाँ स्टिकर प्रयोगमा ल्याइने
काठमाडौं। मदिराका बोतलमा नक्कली अन्तुशल्क स्टिकर प्रयोग भएको भेटिएपछि आन्तरिक राजस्व विभागले अत्याधुनिक र सुरक्षित स्टिकर प्रयोग गर्ने भएको छ।
आयो खुसीको कुरा, लगानीकर्ताको सुरक्षा र नाफाको ग्यारेण्टी सरकारले लिन्छ : मुख्यमन्त्री
सुर्खेत, कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले लगानीकर्तालाई निश्चित अवधिसम्म कर नलगाउने बताएका छन् । लगानीकर्ताको लगानी नउठुन्जेलसम्म कर नलगाउने गरी प्रदेश सरकारले नीति बनाउने उनको भनाइ छ ।








