८ वर्ष अगाडि
खोटाङ,नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहले दिक्तेल रुपाकोट मझुवागढी–१३ नुनथलास्थित महुरेगढीमा रहेको एनसेल टावरमा आगजनी गरेका छन् । गएराति करीब १० बजेको समयमा एनसेल टावरको घेराबार तोडेर विप्लव समूहले आगजनी गरेका हुन् ।
८ वर्ष अगाडि
काठमाडौं, नेपाल वायुसेवा निगमले चिनियाँ जहाज वाई–१२ इ उडाउनका लागि ३ चिनियाँ क्याप्टेन ल्याउने भएको छ । हाल निगमसँग ४ थान जहाजका लागि २ जना मात्रै क्याप्टेन रहेका थिए । जसमा एकजना भने अझै बिरामी छन् ।
निगमले नेपाली क्याप्टेनभन्दा १ हजार डलर अमेरिकी डलर बढी तिरेर चिनियाँ क्याप्टेन ल्याउन लागेको हो ।
८ वर्ष अगाडि
काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय ससंदका दुबै सदनको संयुक्त बैठकलाई बिहिबार सम्बोधन गरेकी छन्। अपरान्ह ४ बजेपछि उनले बैठकलाई लिखित सम्बोधन गरेकी हुन्।
राष्ट्रपतिको लिखित सम्बोधन सरकारले तयार पारेको हो।
८ वर्ष अगाडि
काठमाडौं ,जनस्तर बाट दवाव बढेपछि ४ वटा नमूना वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेका हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसले अब अन्तर्राष्ट्रिय क्रिकेट निर्माणमा जुट्ने घोषणा गरेका छन् ।
नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएपछि उनीमाथि क्रिकेट रंगशाला निर्माणको अभियान अघि बढाउन जनस्तरबाट दवाव बढेको थियो ।
८ वर्ष अगाडि
म्याग्दी, वैदेशिक रोजगारीले आमनेपालीको घर धानिएको छ । स्वदेशमै रोजगारीका अवसर नहुँदा दैनिक सयौँ युवायुवती विदेशिने गरेका छन् ।
अधिकाँश न्यून र मध्यम वर्गका नागरिकले विदेशमा परिश्रम गरी छोराछोरीले पठाएको पैसाबाट यहाँ घरखर्चदेखि बालबच्चाको लालनपालन र पढाइ खर्च जुटाउने गरेका छन् ।
८ वर्ष अगाडि
काठमाडौँ, दक्षिणकाली नगरपालिकामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
आज विहान फर्पिङबाट–काठमाडौँ रत्नापार्क आउँदै गरेको बा २ ख ९९९९ नम्बरको यात्रुबाहक बस भन्ज्याङ भन्ने ठाउँमा दुर्घटना हुँदा दुईको मृत्यु, ३१ घाइते भएका छन् ।
८ वर्ष अगाडि
प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसद्को संयुक्त पहिलो ऐतिहासिक बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज सम्बोधन गर्दैछिन् ।
यसअघि राष्ट्रपतिले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरेकोमा नयाँ संविधानले निर्वाचनपछि दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था गरेको छ ।
८ वर्ष अगाडि
इटहरी, पकलीस्थित कान्छीचोक—नडाहा सडक खण्डमा उत्पन्न विवादमा पुरानो निर्णयलाई कार्यान्वयन गर्नुपर्ने विषयमा पूर्ण सहमत बनेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सांसद् एवम इटहरी उपमहानगरपालिकाका प्रमुख र विभिन्न राजनीतिक दलका नेताहरुकोे मिलेमतोमा उक्त विवाददीत सडकको पुरानो निर्णयलाई कार्यान्वयन गर्न सहमत भएका हुन ।
८ वर्ष अगाडि
विराटनगर, जनप्रतिनिधिले बाढी पीडितको रकम वितरणमा भेदभाव गरेको भन्दै मोरङको जहदा गाउँपालिकाका बासिन्दाले विरोध जनाएका छन् ।
बाढी पीडितले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी वडा नं १ का वडाअध्यक्ष प्रदीपचन्द्र यादवले सरकारले बाढी पीडितलाई दिएको रकम आफनो नातापर्ने भारत फारबिसगञ्जमा बस्दै आएका समेतको नाम लेखेको आरोप स्थानियवासी सानदेव सरवरियाले लगाउनुभयो ।
८ वर्ष अगाडि
दाङ, अवैध दुर्लभ चितुवाको छाला ओसारपसार तथा बिक्री वितरण गर्दै आएको एकजनालाई दाङ प्रहरीले पक्राउ गरेको छ ।