चैत ३,२०८२ / ०२ : ५० अपरान्ह / 2026-03-17 02:50 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सरकारले भोलि नै पूर्णता पाउँछः प्रदिप ज्ञवाली

      - ८ वर्ष अगाडि
      फागुन ०८,२०७४

      नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले भोलि नै मन्त्रिमण्डलले पूर्णता पाउने स्पष्ट पारेका छन् ।

      ‘भोलि नै हामी सरकार विस्तार गर्छों, मन्त्रिमण्डिलले पूर्णता पाउँछ’ मंगलबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा सचिव ज्ञवालीले भने, हामी १५ सदस्यीय मन्त्रिमण्डल बनाउँछौं, कार्यदलले यही सिफारिश गरेको छ । अब कतिपय मन्त्रालयहरु मर्ज गरिन्छ, कतिपय खारेज हुन्छन् ।’

      अबको सरकार मिशन ओरियन्टेड हुने उनले बताए । ज्ञवालीले भने, ‘हाम्रो सरकार मिसन ओरियन्टेड हुन्छ, १०-५ कार्यालय आउने/जाने, रिवन काट्ने, पूजा गर्ने काम हुँदैन, किनकी हामी अग्निपरिक्षामा छौं ।’

      सरकारको मुख्य उद्देश्य नै राजनीतिक स्थायित्व कायम गर्ने र तीव्र आर्थिक वृद्धि हासिल गर्ने भएको उनले बताए ।

      ज्ञवालीले वर्तमान सरकारको मुख्य प्राथमिकता पाँच वटा रहेको पनि सुनाए । उनका अनुसार पहिलो लक्ष्य लोकतन्त्रको सुदृढिकरण, दोस्रो राष्ट्रिय हितको रक्षा, तेस्रो, सुशासन कायम गर्ने र भ्रष्टाचारको नियन्त्रण गर्ने, चौथोमा समृद्धि हाँसि गर्ने -सर्वोच्च प्राथमिकता तिव्र आर्थिक वृद्धि) गर्ने र यसको लागि राज्यको लगानी बढाउने । त्यस्तै, पाँचौ प्राथमिकतामा संघीयता लगायत संविधानमा भएका महत्वपूर्ण कुराहरुको सफल कार्यान्वयन गर्ने छ ।

      उनले नीजी क्षेत्रले जति कमाएपनि हुने तर उक्त कमाई फेयर हुनुपर्ने र राज्यलाई कर तिर्नुपर्ने पनि बताए ।

      एमाले र माओवादीबीच भएको सहमतिलाई ऐतिहासिक भन्दै उनले प्रधानमन्त्रीमा आलोपालो भन्ने नरहने जिकिर गरे । एमाले सचिव ज्ञवालीले भने, ‘अब पार्टी एकता भैसक्यो, दुवै पार्टी एउटै हो नि, एउटै पार्टी भएपछि कसरी आलोपालो हुन्छ ? बरु कार्यविभाजन हुन सक्छ

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d