चैत ३,२०८२ / ०२ : ५० अपरान्ह / 2026-03-17 02:50 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्लेन दुर्घटनामा भाग्यले यसरी बाँचे विराटनगरका बसन्त बोहरा

      - ८ वर्ष अगाडि
      फागुन २८,२०७४

       हामी बंगलादेशमा भएको एउटा तालिममा सहभागी हुन गएका थियौं । हामी विभिन्न ट्राभल एजेन्सीमा काम गर्ने १६ जना नेपाली थियौं । खासमा हिजो उड्नुपर्ने विमान आज उड्यो । हामी बंगलादेशबाट राम्रै तरिकाले आइरहेका थियौं । जब काठमाडौंमा ल्यान्ड गर्ने बेला भयो विमान अर्कै तरिकाले उडेको जस्तो अनुभव भयो ।

      हामी बंगलादेशमा भएको एउटा तालिममा सहभागी हुन गएका थियौं। हामी विभिन्न ट्राभल एजेन्सीमा काम गर्ने १६ जना नेपाली थियौं।
      खासमा हिजो उड्नुपर्ने विमान आज उड्यो। हामी बंगलादेशबाट राम्रै तरिकाले आइरहेका थियौं। जब काठमाडौंमा ल्यान्ड गर्ने बेला भयो विमान अर्कै तरिकाले उडेको जस्तो अनुभव भयो।
      यत्तिकैमा विमान जोडले हल्लियो। के भयो केही थाह पत्तो भएन। म विमानको झ्याल छेउमा थिए। एक्कासी ड्याम्म गरेको आवाज आयो। त्यसपछि के के भयो पत्तो नै पाइएन।
      म झ्याल फोडेर बाहिर निस्के। कसले हो मलाई सिनामंगलको अस्पतालमा पुऱ्यायो। त्यहाँबाट साथीहरुले नर्भिक अस्पतालमा पुऱ्याए। मलाई घुडा र टाउकोमा चोट लागेको छ। भाग्यले बाँचे।

      विमानमा १६ जना काठमाडौंका विभिन्न ट्राभल एजेन्सीका कर्मचारीहरु रहेको खुलेको छ। रस्विता ईन्टरनेशनल ट्राभल्स एण्ड टुर्सका कर्मचारी बसन्त बोहोरा, लक्की ट्राभल्सका कर्मचारी सनम शाक्य सहित विभिन्न १६ ट्राभल्स एजेन्सीका कर्मचारीहरु दुर्घटनाग्रस्त विमानमा यात्रारत रहेका थिए। (बसन्त बोहोरा, रस्विता ईन्टरनेशनल ट्राभल्स एण्ड टुर्सका कर्मचारी सँग  कान्तिपुरकर्मी जनकराज सापकोटाले गरेको कुराकानीमा आधारित ) साभार कान्तिपुर 

      यी हुन् बसन्त 
      काठमाण्डौमा भएको प्लेट दुर्घटनामा बिराटनगरका बसन्त बोहरा भने बाँच्न सफल भएका छन् । मध्यानह १२ बजेर ५३ मिनेट जाँदा उनी ढाकाबाट उड्न लागेको प्लेटको फोटो पोष्ट गर्दै काठमाण्डौको लागि यात्रा तय गरेको जानकारी घरमा गराएका थिए । फेसबुकको माध्यामबाट जानकारी गराएका उनले अरु सबै प्लेनमा चढेर ज्यान गुमाए पनि उनी भाग्यले बाँच्न सफल भएका छन् । 
                     बसन्त बोहराले प्लेन चढ्न अघि खिचेको तस्विर/ तस्बिर : उनको फेसबुक पेजबाट लिइएको हो 
      विराटनगरको ज्योती मार्गमा घर भएका उनी कामको सिलसिलमा बंगलादेश गएका थिए ।बसन्त बोहोरा, रस्विता ईन्टरनेशनल ट्राभल्स एण्ड टुर्सका कर्मचारी हुन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d