मुख्य समाचार
११ किलो रक्तचन्दन सामान बनाएर पर्यटक बोक्ने बसमा तस्करी , दुईजना पक्राउ
काठमाडौं : काठमाडौं-दिल्ली चल्ने एक पर्यटकीय बसबाट प्रहरीले ११ किलो रक्तचन्दनसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बसका चालक काभ्रे घर भई हाल नैकाप बस्ने झिल्केमान रुम्वा र बुटवल घर भएका बसका सहचालक सुजन पुन रहेका छन्।
बस नचलाउने व्यवसायीको रुटप्रमिट खारेजी, नयाँ इच्छुक बसले आजै परमिट पाउने सरकारको घोषणा
काठमाडौं- सिण्डिकेटधारी यातायात व्यवसायीले कोटेश्वरपूर्वका यातायात सञ्चालनमा नगरेपछि यातायात व्यवस्था विभागले नयाँ रुटइजाजत खुल्ला गरेको छ।
धुर्मुस–सुन्तलीले क्रिकेट रंगशाला बनाउन चितवनको जग्गा अध्ययन गरे
चितवन : धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुर महानगरपालिका २० मा क्रिकेट रंगशालाको सम्भाव्यता अध्ययन गरेको छ।
हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नीको अन्तिम दाहसंस्कार
काठमाडौँ, वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको पार्थिव शरीरको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा गरिएको छ ।
जबर्जस्ती कर्मचारी खटाउन लागेको भन्दै खारेजीको माग
काठमाडौँ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहले माग नै नगरी जबर्जस्ती नेपाल सरकारका कर्मचारी खटाउने व्यवस्था गरेको भन्दै स्थानीय तह कर्मचारी संघ नेपालले ध्यानाकर्षण गराएको छ ।
सम्पत्ति विवरण बुझाउन आलटाल गर्दै २० हजार जनप्रतिनिधि,माग्यो सूची अख्तियारले
काठमाडौं- पहिलो चरणको स्थानीय तह निर्वाचन भएको झन्डै एक वर्ष हुन लाग्दा पनि करिब २० हजार जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छैनन्। कानुनअनुसार चुनाव सम्पन्न भएको दुई महिनाभित्र जनप्रतिनिधिले सम्बन्धित निकायमा आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्छ ।
इन्धनको मूल्य बढ्यो, पेट्रोल लिटरको १०५
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।
निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटरमा २/२ रुपैयाँ बृद्धि गएको हो ।
मनिपाल अस्पतालमाका चिकित्सक,कर्मचारी र प्रहरी झडपमा १० घाइते
पोखराको मनिपाल शिक्षण अस्पताल लामो समयदेखि प्रशासन र चिकित्सकको आन्दोलनले ग्रस्त छ । सोमबार आन्दोकारी, चिकित्सक र प्रहरीबीच झडप नै भएको छ । झडपमा १० जना घाइते भएका छन् । मनिपाल शिक्षण अस्पताल तनावग्रस्त बनेको छ ।
बोको हरामले गरे १८ सर्वसाधारणको हत्या
मापसे कारबाही रकम ५० हजारसम्म पुर्याउनुपर्छ : प्रहरी, काठमाडौंमा ६ वर्ष मापसे नियन्त्रणमा २ लाख ६२ हजार जना कारबाही
काठमाडौं : मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउनेमाथिको कारबाही प्रभावकारी हुँदै गएको ट्राफिक प्रहरी महाशाखाको तथ्यांकले देखाएको छ। मापसे चेकजाँचले गर्दा सवारी दुर्घटनामा कमी मात्र होइन, राजस्व संकलनमा समेत उलेख्य वृद्धि भएको देखिएको छ।








