वैशाख १७,२०८३ / ०३ : ५५ पूर्वान्ह / 2026-04-30 03:55 am
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      बानेश्वरमा तनाव, काठमाडौं बासीमाथि प्रहरीद्वारा पानीको फोहोरा र आश्रुग्याँस प्रहार

      ८ वर्ष अगाडि

      काठमाडौं , अवैज्ञानिक रुपमा सडक विस्तार गरिएको भन्दै आन्दोलनमा उत्रिएका काठमाडौं बासीमाथि प्रहरीले दमन गरेको छ । प्रहरी दमनबाट दर्जनौँ आन्दोलनकारी घाइते भएका छन् ।

      युरोपियन संघको प्रतिवेदन स्वतन्त्र राष्ट्रप्रतिको हस्तक्षेप हो : गच्छदार

      ८ वर्ष अगाडि
      विराटनगर, नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका सम्बन्धमा युरोपेली संघले दिएको प्रतिवेदन सर्वभौम स्वतन्त्र राष्ट्रमाथिको ठाडो हस्तक्षेप भएको बताउनुभएको छ । 

      विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संघले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर टिप्पणी गरेकामा त्यसको विरोधसमेत गर्नुभयो ।

      रेलमार्गका लागि माटो परीक्षण कार्य शुरु

      ८ वर्ष अगाडि

      कपिलवस्तु, सरकारको पूर्व–पश्चिम रेलमार्ग सञ्चालनको योजनाअनुसार रेलमार्ग विस्तारका 

      लागि कपिलवस्तु क्षेत्रमा माटो परीक्षण कार्य शुरु गरिएको छ । प्याकेज–१ अन्तर्गत विभिन्न 

      स्थानमा माटो परीक्षण भइरहेको छ ।

      प्रचारप्रसार अभावमा ओझेलमा परेको पर्यटकीयस्थल ‘टापुधाम’

      ८ वर्ष अगाडि
      रामपुर, पाल्पा, हेर्दा अत्यन्तै रमणीय पवित्र कालीगण्डकीको किनारमा रहेको पर्यटकीय क्षेत्र टापुधाम प्रचारप्रसार तथा पूर्वाधार विकासको अभावमा ओझेलमा परेको छ ।

      कलकल बग्दै गरेको कृष्णगण्डकीका नामले समेत परिचित कालीगण्डकी तटको रामपुर नगरपालिका–१ को खटाङमा रहेको टापुधाम क्षेत्र प्राकृतिक रुपमा अत्यन्तै सुन्दर रमणीय क्षेत्र हो ।

      गौलीकला हत्याको रहस्य खुल्यो, ट्राफिक प्रहरीसहित ३ पक्राउ

      ८ वर्ष अगाडि

      सुर्खेत, एसईई परीक्षार्थी गौरीकला रोकायको हत्यामा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले हत्याको भोलिपल्ट ट्राफिक प्रहरीसहित ३ जनालाई नियन्त्रणमा लिएको हो ।

      जिल्लाको पञ्चपुरी नगरपालिका–३, चौर स्थायी ठेगाना भएकी रोकाय एसईई परीक्षाका लागि बाबियाचौरमा बसेकी थिइन् ।

      सार्वजनिक बिदा २२ दिन कटौती हुँदै : शनिबारबाहेक वर्षमा १५ दिन गर्न प्रस्ताव

      ८ वर्ष अगाडि

      काठमाडौं,सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्दै छ । २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको हो । धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा ठेस पुग्ने निष्कर्षसहित सकारले बिदा कटौती गर्ने तयारी गरेको हो ।

      एकघण्टाकी सुत्केरी स्टेचरमै एसइई को परीक्षा दिँदै

      ८ वर्ष अगाडि

      म्याग्दी,जिल्लाको धौलागिरी गाउँपालिका–६ ताकमकी एक परीक्षार्थीले बच्चा जन्माएको एकघण्टामै माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा दिन केन्द्रमा पुगेकी छन् । मंगलबार विहान अचानक सुत्केरी व्यथाले च्यापेपछि ताकम स्वास्थ्य चौकीमा पुगेकी २१ वर्षीय फुलमायाँ केसीले छोरी जन्माए लगत्तै परिवारको सहयोगमा स्ट्रेचरको प्रयोग गरी हेम मावि सिवाङ केन्द्रमा पुगेको श्रोत व्यक्ति गिरीप्रसाद छन्त्यालले बताए ।

      उदयपुर सिमेन्ट उत्पादन अहिले सम्मकै उच्च,२४ घण्टामा सात सय ५० मेट्रिकटन उत्पादन

      ८ वर्ष अगाडि

      गाईघाट :व्यवस्थापकीय र प्राविधिक पक्ष सुधारसँगै उदयपुर सिमेन्ट उद्योगले उत्पादनमा नयाँ रेकर्ड कायम गरेको छ। राजनीतिक भागवण्डा, नियुक्ती र कर्मचारी आन्दोलनले थलिएको उद्योगले पछिल्लो समय व्यवस्थापकीय सुधार मात्र गरेको छैन उत्पादनमासमेत चमत्कार गरेको हो।

      मुख्य न्यायाधिवक्ता आचार्यद्वारा शपथ

      ८ वर्ष अगाडि

      समारोहमा प्रदेश प्रमुख प्रा डा गोविन्द तुम्बाहाङ, मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरेलगायत सुरक्षा निकायका प्रमुख, कानून व्यवसायी, प्राध्यापक र सञ्चारकर्मीको उपस्थिति थियो । नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम आचार्यलाई प्रदेश नं १ को मुख्य न्यायाधिवक्तामा नियुक्तिको सिफारिश गरिएको थियो ।

      संघीय संसदमा राष्ट्रपतिको सम्बोधन १५ गते प्रधानमन्त्रीका सल्लाहकारमा मैनाली र अर्याल नियुक्त

      ८ वर्ष अगाडि

      काठमाडौं : मन्त्रिपरिषद्को बैठकले संघीय संसदलाई राष्ट्रपतिले गर्ने सम्बोधनको मिति तय गरेको। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले चैत १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनलाई संयुक्त सम्बोधन गर्ने तय गरेको हो। राष्ट्रपतिले बिहीबार ४ बजे सम्बोधनको समय तय भएको हो।

          • param d d