मुख्य समाचार
दुर्घटनामा दुईजनाको मृत्यु एकजना गम्भीर घाइते
लहान, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुसाहामा
भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
कतारबाट कमाएर नेपाल उत्रिएपछि युवक एक महिनादेखि सम्पर्कविहीन,परिवार चिन्तित
नवलपरासी, वैदेशिक रोजगारीका लागि कतार पुगेर फर्केका पूर्वी नवलपरासीको
मध्यबिन्दु नगरपालिका–१५ प्रसौनीका २५ वर्षीय गोविन्द घिमिरे नेपाल उत्रिएपछि
सम्पर्कविहीन भएका छन् । कतारबाट गत फागुन ११ गते हिमालय एयरलाइन्सको
जहाजबाट काठमाडौँ विमानस्थलमा उत्रिएका घिमिरे अहिले एक महिनासम्म पनि
परिवारको सम्पर्कमा नआएको परिवारिक स्रोतले जनाएको छ ।
धनकुटाको वनमा लागेको डढेलोबाट एकको मृत्यु ,दुई करोड बढी क्षति
धनकुटा(रासस) मानवीय लापर्बाहीका कारण जिल्लाका विभिन्न १३ सामुदायिक
वनमा लागेको डढेलोबाट करीव रु दुई करोडको क्षति भएको सामुदायिक वन
उपभोक्ता महासंघ धनकुटाले जनाएको छ ।
विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन
काठमाडौँ, विभिन्न धर्मावलम्बीले गत फागुन २८ गते त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगला विमान दुर्घटनामा
परी निधन भएका व्यक्तिको सम्झनामा आज माइतीघर मण्डलामा
दीप प्रज्वलन गरेका छन् ।
नारायणगढ मुग्लिन सडक जेठ १६ सम्म नसके कारबाही गर्ने मन्त्रीको चेतावनी
चितवन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले चौथो पटक थपिएको
म्यादभित्र नारायणगढ-मुग्लिनसडक खण्डको काम नसकिए ठेकेदारलाई
कारबाही गर्ने चेतावनी दिएका छन् ।
इयूलाई ओलीको चेतावनी: प्रतिवेदन सच्याउनुस् र हेप्ने काम नगर्नुस्
काठमाडौँ :आइतवार बिहान नौ बजेदेखि नै दरबारमार्गस्थित होटल अन्नपूर्णको कुमारी हल मानिसले भरिभराउ भइसकेको थियो । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन अनुगमनको अन्तिम प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रमका प्रमुख अतिथि थिए प्रधानमन्त्री केपी शर्मा ओली ।
आज चैते दशैं र रामनवमी एकैदिन, शक्तिपीठमा घुइँचो, किन एकैदिन पर्यो त दुईटा पर्व एकैदिन?
काठमाडौं : सामान्यतय चैतेदसैँ र रामनवमी अघिल्लो दिन र भोलिपल्ट पर्छ। तर यो वर्ष भने दुवै पर्व एकै दिन मनाइँदैछ, अाइतबार। अष्टमीका दिन विशेषगरी शक्तिस्वरूपा भगवतीको पूजा गरिन्छ। दुर्गा भवानीका नौ रूपलाई नवदुर्गाका रूपमा पुज्ने, महाकाली महालक्ष्मी र महासरस्वतीको आराधना गर्ने परम्परा छ। त्रेतायुगमा यही दिन मर्यादापुरुष रामचन्द्र जन्म भएको दिनको रूपमा रामनवमी पर्व मनाइन्छ।
नारायणगढ–मुग्लिन सडक विस्तारमा २७ करोड ७५ लाख सकियो, फेरी लागत रु ४३ करोड बढ्ने
चितवन, नारायणगढ–मुग्लिन सडक विस्तारको लागत मूल्यमा कम्तीमा रु ४३
करोड बढ्ने भएको छ । एक वर्षभन्दा बढी समय थपिनु, निर्माण शुरु हुनुभन्दा
दुई वर्षअघिको लागत अनुमानअनुसार बोलपत्र गरिनु, कामका क्रममा कतिपय
अत्यावश्यक काम थपिएपछि लागत मूल्य बढेको हो ।








