चैत ३,२०८२ / ०२ : ४९ अपरान्ह / 2026-03-17 02:49 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कायममुकायम हैसियतमा न्यायाधीश जोशीले तोके आजका इजलास

      - ८ वर्ष अगाडि
      चैत १,२०७४

      काठमाडौं : सर्वोच्च अदालतमा कायम मुकायम प्रधानन्यायाधीशको हैसियतमा दीपकराज जोशीले इजलास र पेसी तोकेका छन्। जोशीले कामुको हैसियतामा बिहीबार १० वटा इजलास तोकेका हुन्।

      उनले एउटा एकल र ९ वटा संयुक्त इजलास तोकेका छन्। सर्वोच्च अदालतको वेबसाइटमा विश्वम्भरप्रसाद श्रेष्ठ र डम्बरबहादुर खतिवडा, अनिलकुमार सिन्हा र तेजबहादुर केसी, केदारप्रसाद चालिसे र पुरुषाेतम भण्डारीका संयुक्त इजलास तोकिएको उल्लेख छ।

      हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराई, दीपकुमार कार्की र बमकुमार श्रेष्ठको इजलास तोकिएको छ। त्यस्तै मीरा खड्का र प्रकाशमान सिंह राउत, सारदाप्रसाद घिमिरे र सपना मल्ल प्रधान, ओमप्रकाश मिश्र र टंकबहादुर मोक्तान, चोलेन्द्रशमशेर जबरा र डम्बरबहादुर शाहीको इजलास तोकिएको छ।

      जोशीले आफ्नै नाममा पनि इजलास तोकेका छन्। 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d