चैत ३,२०८२ / ०२ : ४९ अपरान्ह / 2026-03-17 02:49 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आत्मसमर्पण लगत्तै रेशम चौधरीको बयान सुरु

      - ८ वर्ष अगाडि
      फागुन १४,२०७४

      कैलाली : सोमबार बिहान अदालतसमक्ष आत्मसमर्पण गरेका रेशम चौधरीको बयान लिइँदैछ। कैलाली जिल्ला अदालतको इजलास नम्बर १ मा चौधरीको बयान सुरु भएको छ।

      नयायाधीश परशुराम भट्टराइको इजलासमा जारी बयानमा चौधरीको पक्षमा गंगाराम पाध्य, मिलन राई, गजेन्द्र बहादुर केसी सहित चारजना अधिवक्ताले बहस गर्नेछन्। 

      पढ्नुस्ः रेशम चौधरीले गरे आत्मसमर्पण

      २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा एसएसपी लक्ष्मण न्यौपाने र दुई वर्षिय बालक सहित ८ जनाको हत्या भएपछि चौधरी फरार थिए । उक्त घटनामा चौधरीसहितका ५६ जनाको संलग्नता रहेको आरोपमा मुद्दा चलिरहेको थियो। ५६ मध्ये २५ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। २३ जना कैलाली कारागारमा छन्।

      घटनामा संलग्नको आरोप लागेका दुईजना किशोरलाई भने प्रहरीले परिवारको जिम्मा लगाइसकेको छ।

      फरार रहेकै अवस्थामा चौधरी राजपाको तर्फबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिएका थिए। उनी ३४ हजार ३ सय ४१ मतसहित विजयी भएका थिए।

      रेशमसँगै कैलाली घटनामा नाम जोडिएका लक्ष्मण चौधरी पनि चुनाव लडेका थिए । कैलाली क्षेत्र नम्बर ५ मा कांग्रेस नेतृ आरजु देउवा राणासँग चुनाव लडेका उनी भने पराजित भए।

      उनी अहिले जिल्ला कारागारमा थुनामा छन्।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d