धनगढी– कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि अज्ञात समूहले गोली र खुकुरी प्रहार गरेको छ। गोली र खुकुरी प्रहारबाट चौधरी घाइते भएका छन्। आफ्नै निवासमा बसिरहेको अवस्थामा सोमबार करिब राति ८ बजेर १५ बजेतिर आक्रमण भएको बताइएको छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार चौधरीको कम्मरमा गोली लागेको छ भने टाउँकोमा खुकुरी प्रहार भएको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।
बोक्सीको आरोपमा राधा चौधरीलाई मरणासन्न हुने घटनामा मिलापत्र गराएको भन्दै मेयरको आलोचना भैइरहेका बेला उनीमाथि आक्रमण भएको हो।








