खेलकुद
यू–१९ महिला एसिया कप:नेपालले पाकिस्तानलाई हरायो
एसीसी यू–१९ महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली टोलीले विजयी सुरुवात गरेको छ ।
सुदूरपश्चिम शीर्षस्थानमा, हारे पनि काठमाडौँलाई पछि पार्दै कर्णाली प्ले अफमा
नेपाल प्रिमियर लिग (एनपीएल) को अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई पराजित गरेको छ । कर्णालीसँग प्लेअफको प्रतिस्पर्धामा रहेको काठमाडौं प्रतियोगिताबाट बाहिरिएको छ ।
विराटनगरलाई हराउदै प्ले अफको दौडमा रहेको काठमाडौँ सम्भावना कायमै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार खेलिएको पहिलो खेलमा काठमाडौँ गुर्खाजले विराटनगर किङ्सविरुद्ध जीत हात पारेको छ । जितसँगै काठमाडौँ गुर्खाजले प्ले अफ चरणमा पुग्ने सम्भावना पनि जिवितै राखेको छ ।
प्लेअफको नजिक कर्णाली, लुम्बिनीकोे भने सम्भावना समाप्त
नेपाल प्रिमियर लिगको शुक्रबार भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराउँदै प्लेअफको सम्भावना बलियो बनाएको छ ।
जनकपुर बोल्ट्स बन्यो प्लेअफमा पुग्ने पहिलो टोली
जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । बिहीबार काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै पाँचौ जित हात पारेको जनकपुरले लिगको अन्तिम खेल खेल्नुअघि नै प्लेअफमा स्थान पक्का गरेको हो ।
नेपाल प्रिमियर लिगको पहिलो सुपर ओभरमा पोखरा विजयी
नेपाल प्रिमियर लिग (एनपीएल) मा खेलिएको पहिलो सुपर ओभरमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई पराजित गरेको छ ।
साउदी अरेबियाले सन् २०३४ को विश्वकप फुटबल आयोजना गर्ने
सन् २०३४ को फिफा विश्वकप फुटबल एशियाली देश साउदी अरेबियामा हुने भएको छ ।
काठमान्डुसँग हार्दा,लुम्बिनीको यात्रा लिग चरणमै रोकियो
एनपीएलमा लुम्बिनी लायन्सको यात्रा लिग चरणमै रोकिएको छ । बुधबार भएको खेलमा काठमान्डु गुर्खाजसँग १८ रनले पराजित हुँदा लुम्बिनी लिग चरणमा नै रोकिने पहिलो टोली बनेको हो ।
एनपीएलमा जनकपुरको पहिलो हार, सुदुरपश्चिमसँग ७२ रनले पराजित
नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो हार बेहोरेको छ । लगातार ४ खेलमा जित निकालेको जनकपुर पाचौं खेलमा सुदुरपश्चिम रोयल्ससँग ७२ रनले पराजित भएको छ ।
रोहितको सानदार अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित
कप्तान रोहित पौडेलले ब्याट र बलमा उत्कृष्ट प्रदर्शन गरेपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ ।








