माघ १२,२०८१ / ०७ : ३३ पूर्वान्ह / 2025-01-25 07:33 am
      • param ad
      • furniture
      • veera Incorporation

      एनपीएलमा जनकपुरको पहिलो हार, सुदुरपश्चिमसँग ७२ रनले पराजित

      - एक हप्ता अगाडि
      मंसिर २६,२०८१

      काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो हार बेहोरेको छ । लगातार ४ खेलमा जित निकालेको जनकपुर पाचौं खेलमा सुदुरपश्चिम रोयल्ससँग ७२ रनले पराजित भएको छ ।

      सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२ ओभर एक बलमा ५१ रनमा समेटिएको हो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, हर्मित सिंह र इशान पाण्डेले दुईदुई, सैफ अली जैव, स्कट कुगेलेइन र नरेन साउदले एकएक विकेट लिए । सुदूरपश्चिमका कुनै पनि बलर विकेटविहीन भएनन् ।

      जनकपुरका जोसुआ ट्रोम्पले सर्वाधिक १३ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । जनकपुरका ओपनर अनिलकुमार शाह शुन्य, आसिफ शेख ४, लाहिरु मिलान्था ७, हर्ष थाकर ५, जिमी निशम ४, अरनिको यादव १, शेर मल्ल ०, ललित राजवंशी ४ र शुभ कंशाकार ० रनमा आउट भए । किशोर महत्तो शुन्य रनमा अविजित रहे ।

      त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रनमा रोकिएको थियो ।

      सुदूरपश्चिमका ओपनर विनोद भण्डारीले ३३ रनको योगदान दिए । उनी र सैफ अली जैबसँग पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए । 

      सुदूरपश्चिमका हर्मित सिंह १, ब्रान्डन म्याकमुलेन ११, स्कट कुगेलेइन आरिफ शेख ६, नरेन साउद ३, कप्तान दीपेन्द्रसिंह ऐरी शुन्य, इशान पाण्डे १७ रनमा आउट भए । अभिनास बोहरा २ र नरेश बुढा ९ रनमा अविजित रहे ।

      जनकपुरका लागि किशोर महतोले ४ ओभरमा ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । शेर मल्लले ४ ओभरमा १९ तथा अरनिको यादवले ३ ओभरमा १६ रन खर्चेर २–२ विकेट लिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d