माघ १२,२०८१ / ०७ : ३६ पूर्वान्ह / 2025-01-25 07:36 am
      • param ad
      • furniture
      • veera Incorporation

      काठमान्डुसँग हार्दा,लुम्बिनीको यात्रा लिग चरणमै रोकियो

      - एक हप्ता अगाडि
      मंसिर २६,२०८१

      काठमाडौं, एनपीएलमा लुम्बिनी लायन्सको यात्रा लिग चरणमै रोकिएको छ । बुधबार भएको खेलमा काठमान्डु गुर्खाजसँग १८ रनले पराजित हुँदा लुम्बिनी लिग चरणमा नै रोकिने पहिलो टोली बनेको हो ।

      यसअघि लगातार ४ खेलमा पराजित भएको लुम्बिनीले मंगलबार चितवन राइनोजलाई पराजित गरेको थियो । लुम्बिनी जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, र विराटनगर किंग्ससँग पराजित भएको थियो ।टस हारेर पहिले ब्याटिङमा उत्रिएको काठमाण्डुले १०३ रनको सामान्य लक्ष्य खडा गरेको थियो । तर, ब्याटिङका लागि कठिन बनेको पीचमा लुम्बिनी ८५ रनमै अलआउट भयो ।

      काठमाडौंका कप्तान करण केसीले चार विकेट लिए । यद्यपि, पिचले स्पिनरलाई अत्यधिक सहयोग गरेको थियो । दुवै टिमका ब्याटरले स्पिन बलरलाई राम्ररी झेल्न सकेका थिएनन् । काठमाडौंका लागि भीम सार्कीले संघर्ष गर्दै सर्वाधिक ३१ रन बनाएका थिए । तर, आठौं नम्बरमा आएर प्रतिक श्रेष्ठले खेलेको केमियो इनिङ खेलमा निर्णायक बन्यो । अन्य ब्याटरहरुले प्रति बल रन हान्न पनि संघर्ष गरिरहेको पीचमा उनले १४ बलमा २१ रन जोड्न सफल भए । काठमाडौंले १६ रनले खेल जित्यो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d