राजनीति
सम्बृद्ध नेपाल र खुसी नेपाली सरकारको लक्ष्य रहेको भन्दै प्रधानमन्त्री ओलीले सुनाए सरकारका प्राथमिकता
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित कूटनीतिक नियोगका प्रमुखका साथै विकास साझेदारलाई बालुवाटारमा बोलाएर आफ्नो सरकारका ६ प्राथमिकता सुनाएका छन् ।
एकीकृत पार्टीमा १० तहका कमिटी
एमाले र माओवादी एकतापछिको एकीकृत पार्टीमा १० तहका कमिटी बन्ने भएका छन् । एकताका लागि गठित संगठन र विधानसम्बन्धी कार्यदलले सोमबार एकीकृत पार्टीमा १० तहका कमिटी रहने सांगठनिक संरचनामा सहमति गरेको हो ।
छिमेकी मित्रता भारत र चिन चाहिन्छ : प्रधानमन्त्री ओली
काठमाण्डौ,प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकीसँगको मित्रतालाई अत्यन्तै धेरै
महत्व दिने बताएका छन् ।नेपाल चिन सम्बन्ध नामक पुस्तक विमोचन कार्यक्रममा
ओलीले नीतिगत रुपमा नै छिमेकी देशसँगको मित्रताबारे स्पष्टता रहेको बताएका हुन् ।
सार्वभौम मुलुकमाथि हस्तक्षेप गरेको भन्दै संसदमा इयु निर्वाचन प्रतिवेदनको विरोध
प्रतिनिधिभसाको आजको बैठकमा सांसदहरुले युरोपेली संघ ;इयुको निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलद्वारा प्रस्तुत निर्वाचन प्रतिवेदनले सार्वभौम मुलुकमाथि हस्तक्षेप गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।
पार्टी एकता चैत १९ वा २० गते हुन्छ, तयारीमा जुट्नुस्, गोप्य प्रशिक्षणमा नारायणकाजीले भने
भक्तपुर,माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले १९ वा २० गते एमाले र माओवादीबीच पार्टी एकता गर्ने तयारी
भइरहेको बताएका छन् । आज भक्तपुरमा विद्यार्थी भातृ संगठन अखिल (क्रान्तिकारी)को केन्द्रिय सतितिले आयोजना
गरेको गोप्य प्रशिक्षण कार्यक्रममा पार्टी एकताको मितिबारे खुलासा गरेका हुन् ।
प्रधानमन्त्री ओलीले पार्टी एकता चैत २३ भित्रै गर्ने प्रस्ताव माओवादी अध्यक्ष दाहाल सकारात्मक
प्रधानमन्त्री ओलीको दुई वर्षभित्रै पानीजहाज र रेल सेवा संचालनमा ल्याउने दाबी
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अबको दुई वर्षभित्रै नेपालले आफ्नै पानी जहाज चलाउने र रेल कुदाउने बताएका छन्। उनले अबको दुई वर्षभित्रै नेपालले यी दुई क्षेत्रमा देखिने गरी काम गर्ने बताए। शुक्रबारबाट काठमाडौंमा सुरु भएको पाँचदिने २९औँ राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै उनले ढिलोमा २०७६ सालभित्र नेपाली झण्डावाहक पानी जहाजले सामान ओसारपसार गर्ने बताए।
कांग्रेस बैठकमा प्रकाशमानले दिए देउवालाई यस्तो चेतावनी, पौडेल–सिटौला एक
काठमाडौं, नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा शुक्रबार शुरु भएको केन्द्रीय कार्य समितिको बैठकमा नेताहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् । बैठकको सुरुवातमै नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवामाथि गम्भिर आरोप लगाएका थिए । स्रोतका अनुसार बैठक केही समय अवरुद्ध समेत भएको थियो ।
न्यायपालिकाको शक्ति जनविश्वास ः राष्ट्रपति भण्डारी
नेपालगञ्ज, ः राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक राजनीतिक उपलब्धिलाई थप
सुदृढीकरण गरेर राजनीतिक स्थायित्वसहित आर्थिक समृद्धि हासिल गर्ने राष्ट्रिय
लक्ष्यमा सबै नेपाली एकजुट हुनुपर्ने बताउनुभएको छ । नेपाल बार एशोसिएसनले
आज यहाँ आयोजना गरेको १४औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनको
उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको लोकतान्त्रीकरण प्रक्रियामा एशोसिएसनले
खेलेको भूमिका प्रशंसनीय छ भन्नुभयो ।
काँग्रेस कार्यसमिति बैठकमा निर्वाचनपछिको समीक्षा हुँदै
काठमाडौँ,प्रमुखविपक्षीदलनेपालीकाँग्रेसकेन्द्रीयकार्यसमितिकोबैठकनिर्वाचनपछिकोपरिस्थितिकाबारेमासमीक्षागर्नशुरुभएकोछ।पार्टीकेन्द्रीयकार्यालयसानेपामाआजमध्याह्न१२बजेदेखिशुरुभएकोबैठकमागतमंसिर१०र२१गतेदुईचरणमासम्पन्नउक्तनिर्वाचनमाकाँग्रेसलेप्राप्तगरेकोअनपेक्षितपरिणामकाबारेमासमग्ररुपमासमीक्षागरिनेछ।








