जेष्ठ ११,२०८३ / ०२ : ४० अपरान्ह / 2026-05-25 02:40 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्रधानमन्त्री ओलीको राजकीय भारत भ्रमणको मिति सार्वजनिक, चैत २३ देखि २५ सम्म हुने

      - ८ वर्ष अगाडि
      चैत १६,२०७४

      काठमाडौं,परराष्ट्र मन्त्रालयले आज प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भारत भ्रमणको मिति घोषणा गरेको छ । उनी चैत २३ देखि २५ सम्म भारत जाने भएका छन् । ओलीले पहिलो भ्रमण भारतलाई रोजेका छन् ।

      नेपाल र भारतले एकैसाथ भ्रमणको घोषणा गरेका छन् । भारतको बिदेश मन्त्रालयले भ्रमणपछि दुई देशबीचको बहुआयामिक सम्बन्ध थप मजबुत हुने विज्ञप्तिमा उल्लेख छ ।

      दोस्रोपटक प्रधानमन्त्री भएका ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तीनपटक फोनबाट र एक पटक औपचारिक पत्र पठाइसकेका छन् ।

      ओलीको भ्रमण चैत २४ देखि २६ सम्मका लागि भारतले प्रस्ताव गरेको थियोे । तर नेपालले एक दिन पहिला हुने जवाफ पठायो । भारतले ओलीको अनुकुल हुने गरी चैत २३ देखि २५ मा सहमति जनाएको छ । पहिलो प्रधानमन्त्रीका रूपमा ओलीले २०७२ फागुन ७ देखि ११ सम्म भारत भ्रमण गरेका थिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d