जेष्ठ ११,२०८३ / ०२ : ४० अपरान्ह / 2026-05-25 02:40 pm
      • param ad
      • furniture
      • veera Incorporation

      ‘खटाएको स्थानमा नजाने कर्मचारीलाई सरकारले कारबाही गर्न सक्नुपर्छ’ ः बाबुराम भट्टराई

      - ८ वर्ष अगाडि
      चैत १३,२०७४

      नेपालगन्ज, नयाँ शक्ति नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले राजनीतिक दलहरु सत्तामुखी भएसम्म मुलुकमा राजनीतिक स्थायित्व कायम हुन नसक्ने बताउनुभएको छ ।

                 सो दलले आज नेपालगन्ज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेपाली काँग्रेस र एमाले सत्तामुखी पार्टी भएकाले ती दलबाट मुलुकको समृद्धि सम्भव नभएको धारणा राख्नुभयो ।

                 उहाँले दलगत ट्रेड युनियन खारेज नगरेसम्म कर्मचारी प्रशासनलाई सुधार गर्न नसकिने पनि बताउनुभयो । अध्यक्ष भट्टराईले भन्नुभयो, “खटाएको स्थानमा नजाने कर्मचारीलाई ऐन संशोधन गरेर कारबाही गर्ने आँट सरकारले गर्न सक्नुपर्छ ।”

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d