जेष्ठ ३०,२०८३ / ०६ : ०५ अपरान्ह / 2026-06-13 06:05 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      प्रधानमन्त्री ओलीले पार्टी एकता चैत २३ भित्रै गर्ने प्रस्ताव माओवादी अध्यक्ष दाहाल सकारात्मक

      ८ वर्ष अगाडि

      काठमाडौं : प्रधानमन्त्री केपी ओलीले एमाले-माओवादी पार्टी एकता चैत २३ भित्रै गर्ने नयाँ प्रस्ताव गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग शनिबार बिहान छलफल गर्दै ओलीले आफ्नो भारत भ्रमणअगाडि नै एकता गर्न प्रस्ताव गरेका हुन्। प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको त्यस्तो प्रस्तावमा माओवादी अध्यक्ष दाहालले पनि सकारात्मक जवाफ दिएका छन्। 

      प्रधानमन्त्री ओलीको दुई वर्षभित्रै पानीजहाज र रेल सेवा संचालनमा ल्याउने दाबी

      ८ वर्ष अगाडि

      काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अबको दुई वर्षभित्रै नेपालले आफ्नै पानी जहाज चलाउने र रेल कुदाउने बताएका छन्। उनले अबको दुई वर्षभित्रै नेपालले यी दुई क्षेत्रमा देखिने गरी काम गर्ने बताए। शुक्रबारबाट काठमाडौंमा सुरु भएको पाँचदिने २९औँ राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै उनले ढिलोमा २०७६ सालभित्र नेपाली झण्डावाहक पानी जहाजले सामान ओसारपसार गर्ने बताए।

      कांग्रेस बैठकमा प्रकाशमानले दिए देउवालाई यस्तो चेतावनी, पौडेल–सिटौला एक

      ८ वर्ष अगाडि

      काठमाडौं,  नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा शुक्रबार शुरु भएको केन्द्रीय कार्य समितिको बैठकमा नेताहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् । बैठकको सुरुवातमै नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवामाथि गम्भिर आरोप लगाएका थिए । स्रोतका अनुसार बैठक केही समय अवरुद्ध समेत भएको थियो ।

      न्यायपालिकाको शक्ति जनविश्वास ः राष्ट्रपति भण्डारी

      ८ वर्ष अगाडि

      नेपालगञ्ज, ः राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक राजनीतिक उपलब्धिलाई थप

       सुदृढीकरण गरेर राजनीतिक स्थायित्वसहित आर्थिक समृद्धि हासिल गर्ने राष्ट्रिय

       लक्ष्यमा सबै नेपाली एकजुट हुनुपर्ने बताउनुभएको छ । नेपाल बार एशोसिएसनले 

      आज यहाँ आयोजना गरेको १४औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनको 

      उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको लोकतान्त्रीकरण प्रक्रियामा एशोसिएसनले 

      खेलेको भूमिका प्रशंसनीय छ भन्नुभयो ।

      काँग्रेस कार्यसमिति बैठकमा निर्वाचनपछिको समीक्षा हुँदै

      ८ वर्ष अगाडि

      काठमाडौँ,प्रमुखविपक्षीदलनेपालीकाँग्रेसकेन्द्रीयकार्यसमितिकोबैठकनिर्वाचनपछिकोपरिस्थितिकाबारेमासमीक्षागर्नशुरुभएकोछ।पार्टीकेन्द्रीयकार्यालयसानेपामाआजमध्याह्न१२बजेदेखिशुरुभएकोबैठकमागतमंसिर१०र२१गतेदुईचरणमासम्पन्नउक्तनिर्वाचनमाकाँग्रेसलेप्राप्तगरेकोअनपेक्षितपरिणामकाबारेमासमग्ररुपमासमीक्षागरिनेछ।

      काँग्रेसले निर्वाचनपछिको समीक्षा गर्दै, महासमिति बैठकको टुंगो लाग्ने

      ८ वर्ष अगाडि

      काठमाडौँ, प्रमुख विपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभा र 

      प्रदेशसभाको निर्वाचनमा पार्टी पराजयको विस्तृत समीक्षा गर्न 

      केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ ।  पार्टी केन्द्रीय कार्यालय 

      सानेपामा आज बिहान ११ बजेदेखि बस्ने बैठकमा गत मंसिर १० र २१ 

      घरेलु कामदार बसेका सुरक्षाकर्मी एक साताभित्र फिर्ता गर्न निर्देशन :प्रधानमन्त्री

      ८ वर्ष अगाडि

      काठमाडौं :अझै पनि करिब १५ हजार सुरक्षाकर्मी उच्चपदस्थको घरमा घरेलु काम गर्न विवश रहेको पाइएको छ। हजारौंको संख्यामा सेना र प्रहरी घरेलु कामदारको रूपमा रहेको पाइएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई एक साताभित्र फिर्ता गर्न गृहमन्त्री रामबहादुर थापा र रक्षामन्त्री ईश्वर पोखरेललाई निर्देशन दिएका छन्।

      एक–एक अर्बको बजेट पढ्दै प्रदेश अर्थमन्त्री

      ८ वर्ष अगाडि

      काठमाडौं, अहिलेसम्म प्रदेशको आम्दानी शून्यजस्तै छ । त्यसैले केन्द्र सरकारले दिएको एक अर्ब दुई करोड पाँच लाख अनुदानकै आधारमा आर्थिक मामिला तथा योजनामन्त्रीले बजेट तयार पार्दै छन् ।

      उपराष्ट्रपति पुनले लिए शपथ

      ८ वर्ष अगाडि

      काठमाडौं : नवनियुक्त उपराष्ट्रपति नन्दबहादुर पुनले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा पुनलाई उपराष्ट्रपतिको शपथ गराएकी हुन्।

      मन्त्री र सचिवहरूलाई प्रधानमन्त्री ओलीको निर्देशन–समयको ख्याल गरी मिनेट-मिनेटको सदुपयोग गर्नू

      ८ वर्ष अगाडि

      काठमाडौंप्रधानमन्त्री केपी ओलीले सरकार सबैको सुझाव लिन तयार रहेको तर कसैको दबाबमा नपरी काम गर्ने बताएका छन् । उनले भने,‘सरकार सबैको सुझाव लिन्छ तर कसैको दबाबमा परेर निर्णय लिदैन ।’ प्रधानमन्त्री ओलीले वर्तमान सरकार नेपालको पहिचान बदल्ने लक्ष्यमा रहेकोले यसका लागि नीति निर्माण तहमा बस्नेहरुको सोचाइ पनि परिवर्तन हुनु पर्ने बताए ।

          • param d d