राजनीति
सरकार अधिनायकवादतर्फ बढ्योः डा कोइराला
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले देश अधिनायकवादतर्फ अघि बढेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता
पार्टी एकता, सरकारको नीति तथा कार्यक्रम र आसन्न बजेटका सम्बन्धमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका सम्बन्धमा छलफल
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वपराराष्ट्र मन्त्री तथा वरिष्ठ राजनीतिक व्यक्तित्वसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका सम्बन्धमा छलफल गर्नुभएको छ ।
देउवाको रोजाइमा तीन पदाधिकारी
प्रचण्ड भन्छन् पार्टी एकतापछि नेपाल झन् शक्तिशाली बन्छ
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टीहरुको एकतामा ढिलाइ गर्न नहुने बताएका छन् । ‘कार्ल मार्क्स जन्म द्विशतवार्षिकी समारोह समिति’ ले आयोजना गरेको ‘आजको मार्कसवाद, लोकतन्त्र, समृद्धि र समाजवाद’ विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उनले एमालेसँगको एकता केही दिनभित्रमा नै हुने बताएका हुन् ।
आवश्यकता पूरा गर्नका लागि आन्दोलन र हड्ताल गर्नु नपर्ने : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले अब आवश्यकता पूरा गर्नका लागि आन्दोलन र हड्ताल गर्नु नपर्ने बताएका छन् । श्रमजिवी वर्गका लागि अनुकूल सरकार बनेकाले श्रमिकहरुले अब माग पूरा नभए यस्तो गर्छौं वा अन्यथा यस्तो हुनेछ भन्ने दिन नरहेको उनले बताए ।
ओली–प्रचण्ड ‘निर्णायक’ छलफल आज
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति विघटन
कांग्रेस सभापति शेरबहादुर देउवाले विधानविपरीत गठन गरेका केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति विघटन भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा ती दुवै समिति विघटन भएको जानकारी सभापति देउवाले बैठकमा जानकारी गराएका हुन् ।
पार्टी एकता प्रक्रिया टुंगोमा नपुग्दा एमाले-माओवादीका आन्तरिक काम ठप्प !
एमाले-माओवादी केन्द्र दुवै पार्टीका आन्तरिक काम ठप्प भएको छ। पार्टी सदस्यता नवीकरणबाहेक अन्य सबै आन्तरिक काम दुवै पार्टीले रोकेका छन्। पार्टी एकता प्रक्रिया टुंगोमा नपुग्दा आन्तरिक काम प्रभावित भएको दुवै पार्टीका नेताले बताएका छन्।








