जेष्ठ ११,२०८३ / ०२ : ४० अपरान्ह / 2026-05-25 02:40 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मुगुको रारा तालबाट देशबासीका नाममा सम्वोधन गर्ने : प्रधानमन्त्री

      - ८ वर्ष अगाडि
      चैत १४,२०७४

      प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट बैसाख १ गते देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।  प्रधानमन्त्री अ‍ोली कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन बर्ष २०७५ को उद्घाटन गर्न रारा ताल जाने कार्यक्रम रहेकोले सोही स्थानबाट देशबासीलाई सम्बोधन गर्ने भएका हुन् ।

      नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को ७औँ महाअधिवेशनको आज राधानीमा उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो जानकारी दिएका हुन् । ‘कर्णाली प्रदेशले आयोजना गरेको पयर्टन बर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु’ प्रधानमन्त्री ओलीले भने- ‘राराबाट यसपाली पर्यटनको बिगुल बजाइनेछ ।’ समृद्ध नेपालको मुख्य आधार पर्यटन भएकोले त्यसको प्रवद्र्धनमा सबै क्षेत्र लाग्नु पर्ने मा प्रधानमन्त्रीको जोड छ ।

      प्रधानमन्त्री ओलीले वर्तमान सरकार अघिल्ला सरकार जस्तो नियमित नीति र गतिमा मात्र सञ्चालन नहुने समेत बताएका छन् । ‘यो सरकार भिन्न नीति र गतिमा सञ्चालन हुन्छ’ प्रधानमन्त्री ओलीले भने– ‘यो सरकारले नेपाल बनाउँछ । केही बर्षमा मानिसहरुले नेपाललाई सिंगापुर र स्विटजरलेण्ड जस्तो भन्नेछन् ।’

      प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनताको सेवक भएकोले कसैलाई दमन नगर्ने पनि बताएक छन् । तर हत्या, हिंसा, चन्दाको माध्यमबाट समाजलाई आतंकित पार्नेहरुलाई नछोड्ने पनि प्रधानमन्त्रीले चेतावनी दिएका छन् ।’सरकार जनताको सेवक हो । कसैलाई दमन गर्दैन तर जनतालाई दुःख दिने, आतंक फैलाउनेहरुलाई चाँही छोड्दैन ।’

      प्रधानमन्त्री ओलीले सरकारका हरेक अभियान अब हमलाको शैलीमा अघि बढ्ने बताएका छन् । “यसपाली म एकजना बालिकालाई विद्यालय भर्ना गराउँछु र देशैभरीका जनप्रतिनिधीलाई पनि त्यसै गर्न लगाउँछु” प्रधानमन्त्री ओलीले भने– ‘जिफन्टले पनि यस अभियानको तयारी गर्नुहोस् । यसपाली बैसाख ५ गते निरक्षरता विरुद्ध हमला गरौं ।’

      भ्रष्टाचार नियन्त्रण, ढिलासुस्ती, विकास निर्माण आदि सबै क्षेत्रमा यसै प्रकारका हमला गरेर अघि बढ्ने प्रधानमन्त्रीले घोषणा गरे ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d