जेष्ठ ३०,२०८३ / ०७ : ०९ अपरान्ह / 2026-06-13 07:09 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

      - ८ वर्ष अगाडि
      वैशाख २६,२०७५

      काठमाडौँ,  पार्टी एकता, सरकारको नीति तथा कार्यक्रम र आसन्न बजेटका सम्बन्धमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

       
      दुई पार्टीको कार्यदलस्तरबाट तयार भएको वैचारिक र सांगठनिक प्रतिवेदनलाई अन्तिम रुप दिई एकता संयोजन समितिमा प्रस्ताव गर्ने जिम्मेवारी पाएका दुई अध्यक्षले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि सोबारे निर्णय लिने बुझिएको छ । 


      प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले उहाँहरुबीच ती विषयमा छलफल भएको र त्यो सकारात्मक रहेको बताउनुभयो । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d