जेष्ठ ३०,२०८३ / ०७ : ११ अपरान्ह / 2026-06-13 07:11 pm
      • param ad
      • furniture
      • veera Incorporation

      भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका सम्बन्धमा छलफल

      - ८ वर्ष अगाडि
      वैशाख २५,२०७५

      काठमाडौँ  प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वपराराष्ट्र मन्त्री तथा वरिष्ठ राजनीतिक व्यक्तित्वसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका सम्बन्धमा छलफल गर्नुभएको छ । 
      प्रधानमन्त्रीले ओलीले भारत भ्रमणको क्रममा आफूले पहिलो दिनको भेटमै भारतीय समकक्षीसँग सुझाएको मितिमै उहाँको नेपाल भ्रमण हुन लागेको जानकारी गराउनुभएको प्रधानमन्त्रीको निजी सविचालयले जनाएको छ । 
      सो अवसरमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्रीको राजकीय भ्रमणका अवसरमा आयोजना गरिने कार्यक्रमका बारेमा अवगत गराउनुभएको थियो । 
      छलफलका क्रममा पूर्वप्रधानमन्त्री तथा पूर्वपराराष्ट्रमन्त्री माधवकुमार नेपालले भारतले सीमा क्षेत्रमा बनाएका बाँधहरुका कारण हरेक वर्ष नेपालमा डुबान हुने समस्याका सम्बन्धमा भारतीय पक्षले संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिनु भएको थियो । 
      पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, महेन्द्रबहादुर पाण्डे, डा भेषबहादुर थापा तथा पूर्वरक्षामन्त्री भीमबहादुर रावल, राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले भारतका तर्फबाट गरिएका प्रतिबद्धता पूरा गरिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । 
      भ्रमणका अवसरमा भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुर र काठमाडौँमा नागरिक अभिनन्दन गरिने कार्यक्रम छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d