जेष्ठ ३०,२०८३ / ०७ : ०४ अपरान्ह / 2026-06-13 07:04 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति विघटन

      - ८ वर्ष अगाडि
      वैशाख १७,२०७५
      काठमाडौं,  कांग्रेस सभापति शेरबहादुर देउवाले विधानविपरीत गठन गरेका केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति विघटन भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा ती दुवै समिति विघटन भएको जानकारी सभापति देउवाले बैठकमा जानकारी गराएका हुन् ।

      निर्वाचन हारको जिम्मेवारी सभापतिले लिने कि नलिने र यी दुई समिति विघटन गर्ने कि नगर्ने भन्नेमा लामो विवाद चलेको थियो। वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले पार्टी विधानविपरीत गठन भएका दुवै समिति विघटन गर्नुपर्ने र निर्वाचन हारको जिम्मेवारी सभापतिले लिनुपर्ने अडान राख्दै आएका थिए।

      सभापतिले पार्टीको औपचारिक निर्णयमा उल्लेख नगरी आफैंले बैठकमा सम्बोधन गर्दा विघटन भएको जानकारी गराउने गरी सहमति भएको थियो। निर्वाचन हारमा पनि सभापति देउवाले नैतिक जिम्मेवारी पनि लिन नमानेपछि केन्द्रीय कार्यसमितिले लिनेगरी बीचको बाटो सुझाइएको थियो।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d