आर्थिक
फास्ट ट्रयाकका लागि १५ अर्ब ३९ करोड बजेट
सरकारले मंगलवार काठमाडौं निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक)का लागि १५ अर्ब ३९ करोड बजेट छुट्याएको छ ।
पूर्वाधार विकास आयोजनामा गरिने लगानीको आयस्रोत नखोज्ने सरकारको घोषणा
सरकारले राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजनामा गरिने लगानीको आयस्रोत नखोज्ने घोषणा गरेका छन् । मंगलबार सार्वजनिक भएको आर्थिक वर्ष २०७५÷०७६ को अनुमानित आयव्यय विवरण सँगै आएको अर्थ विधेयकमा त्यस्ता आयोजनामा २ वर्षसम्म लगानी गर्दा आय नखोजिने उल्लेख गरीएको छ ।
आर्थिक वर्ष २०७५÷७६ को वजेट मंगलवार प्रस्तुत हुंदै
मंगलबार अपराह्न ४ बजे आग्ह्वान अर्थमन्त्री डा युवराज खतिवडाले गरेको संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजस्व र व्ययको अनुमान प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
धेरै तलव देखाउने तर, नदिने प्रवृत्ति अन्त्य, सबैखाले कामदारको तलब बैँकमार्फत
काठमाण्डौ । श्रम नियमावली मन्त्रिपरिषदबाट पारित भएको छ । नियमावलीअनुसार अब वर्षमा १५ दिनभन्दा बढी एउटै रोजगारदाताले काम लगाएका श्रमिकलाई बैंक खाताबाटै पारिश्रमिक भुक्तानी गर्नुपर्ने हुन्छ ।
नियमावलीले कर्मचारीको सञ्चय कोषको व्यवस्था पनि अनिवार्य गरेको छ ।
आधुनिक रेष्टुरेण्ट ‘किंङस लाउञ्ज’मा विश्वकप फुटबल
काठमाण्डौ । दरबारमार्गमा सञ्चालनमा आएको आधुनिक शैलीको पारिवारिक रेष्टुरेण्ट ‘किंङस लाउञ्ज’ले एचडी स्क्रीनमा खेल तथा संगित देखाउने भएको छ ।
खेलप्रेमी, संगीतप्रेमी तथा खानाका पारखीहरुलाई लक्षित गर्दै यस आधुनिक रेष्टुरेण्टले नयाँ सेवा विस्तार गरेको हो । केही दिनअघि देखि नै यस रेष्टुरेण्टमा आइपिएल क्रिकेट खेल हेर्दै मिठा परिकार खानेको घुइचो लाग्ने गरेको थियो ।
नेप्से परिसुचक सोमवार लाग्यो उकालो
पछिल्ला केही दिनमा लगातार घटिरहेको शेयर बजार परिसूचक नेप्से सोमबार भने उकालो लागेको छ । कारोबार भएकामा सबै जसो कम्पनीको शेयर मूल्य बढेपछि नेप्से सोमबार एकै दिन मा ३६ अंकले बढेर १३ सय ३६ को बिन्दुमा पुगेको हो ।
८ महिनामा १८ हजार ५६२ घरेलु तथा साना उद्योग दर्ता
चालू आर्थिक वर्षको ८ महिनामा १८ हजार ५६२ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । साना उद्योगहरुलाई आर्थिक विकासको मेरुदन्डकारुपमा लिएको सरकारले आइतबार संघीय संसदमा प्रस्तुत् गरेको चालू आवको ८ महिनाको आर्थिक सर्वेक्षणअनुसार ४० हजार १०० जनालाई रोजगार दिने गरी सो संख्यामा उद्योग दर्ता भएका हुन् ।
ठगी गर्ने पेट्रोल पम्प विरुद्ध उद्योग मन्त्रि मातृका यादवको कडाई, दुई पेट्रोल पम्पमा ‘सिल’
उपत्यकाका विभिन्न पाँच पेट्रोल पम्पमा गरिएको अनुगमनपछि दुई पेट्रोल पम्पमा ‘सिल’ गरिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको निर्देशनमा उपत्यकाका विभिन्न पाँच पेट्रोल पम्पमा गरिएको अनुगमनपछि दुई पेट्रोल पम्पमा ‘सिल’ गरिएको हो ।
प्रभु ईन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने अन्तिम मिति आईतवार अर्थात् आज
प्रभु ईन्स्योरेन्सको ४६ प्रतिशत हकप्रद सुरक्षित गर्नको लागि आज अर्थात आईतवार अन्तिम मिति रहेको छ । बैंकले हकप्रद निस्काशनको लागि जेष्ठ २४ गतेवाट वुक क्लोज गर्ने भएको छ ।
साउनदेखी नेप्सेको पुर्ण अनलाईन ट्रेन्डिङ सुरु हुने,परिक्षणको लागि कम्पनि छनौट प्रक्रिया जारी
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले पूर्ण अनलाइन ट्रेडिङ्ग प्रणालीको परीक्षण गर्न विभिन्न कम्पनी नियुक्तिको प्रक्रिया अघि वढाएको छ ।








