काठमाडौं, सरकारले मंगलवार काठमाडौं निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक)का लागि १५ अर्ब ३९ करोड बजेट छुट्याएको छ ।
आर्थिक वर्ष २०७५र०७६ को बजेटमा द्रुतमार्गका लागि भनेर १५ अर्ब ३९ करोड ७८ लाख बराबरको रकम विनियोजन गरेका हुन् । जसमा नेपाल सरकारको ५ अर्ब ६४ करोड र वैदेशिक अनुदानबाट ९ अर्ब ७५ करोड रुपैयाँ खर्च गरिनेछ । द्रुतमार्ग निर्माणसेनाले भनेमा खटिरहेको नेपाली सेनाले आर्थिक वर्षका लागि काम अघि बढाउन ३८ अर्ब बजेट माग गरेको थियो ।
चालु आर्थिक वर्षमा सरकारले यो सडकका लागि १० अर्ब १४ करोड बराबरको रकम छुट्टाएको थियो । तर, सेनाले ८ अर्ब ५३ करोड मात्रै खर्च गरिसक्ने अनुमान छ । नेपाली सेनाले अहिले डीपीआर निर्माण कार्यलाई जारी राखेको छ । यसअघि भारतीय कम्पनी आईएल एण्ड एफएसले तयार पारेको डीपीआर सेनाले नकिन्ने निर्णय गरेसँगै नयाँ डिपिआर बनाउन थालेको हो ।
लामो विवादपछि प्रचण्ड नेतृत्वको सरकारले द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो चार वर्षमा पूरा हुने लक्ष्य राखिएको आयोजनाको अनुमानित कुल लागत १ खर्ब ११ अर्ब रहेको छ ।








