वैशाख १६,२०८३ / ०३ : ०९ अपरान्ह / 2026-04-29 03:09 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      डेढ अर्बको बैंक घोटाला १३ पक्राउ, ४० भन्दा धेरै फरार

      ८ वर्ष अगाडि

      काठमाडौं, बैंकिङ क्षेत्रमा मर्जर लहर चलेपछि नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक लिमिटेड र एपेक्स डेभलपमेन्ट बैंक मर्जरमा जान सहमत भएका हुन् । एनसिसी बैंकको नेतृत्वमा जाने भएपछि एपेक्सका सञ्चालक, व्यवस्थापक र कर्मचारीले कर्जाको खोलो बगाउन थाले ।

      साना सवारीको आधा बिक्री घट्यो

      ८ वर्ष अगाडि

      काठमाडौं वाणिज्य बैंकहरूमा तरलता अभावको असर अटो बजारमा परेको छ । लगानीयोग्य पुँजी अभावले उत्पादनशील क्षेत्रमात्र नभइ सरकारले अनुत्पादक मानेको सवारीसाधन कर्जा समेत खुम्चिँदा यसको व्यापार खस्किएको छ । 
      अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षको सात महिनामा कार-जीप-भ्यानको दर्ता उल्लेख्य रूपमा घटेको छ । गत वर्षको ६ महिनामा देशभर १४ हजार ४६ वटा कार-जीप-भ्यान दर्ताकोमा यो वर्षको ७ महिनासम्ममा जम्मा ७ हजार ५ सय ७५ मात्र सवारीसाधन बिक्री भएका छन् । 

      ब्याजदरको झगडाले सेयर बजारमा पहिरो

      ८ वर्ष अगाडि

      काठमाडौं सेयर बजारलाई अर्थमन्त्रीले ‘अनुत्पादक क्षेत्र’ भन्ने संज्ञा दिएको भन्दै घटेको भनिएको बजार पुनः लयमा फर्किए पनि यसले स्थायित्व पाउन भने सकेन । वित्तीय क्षेत्रमा देखिएको ब्याजदरको लडाइँले सेयर बजार पुनः प्रभावित भएको छ । सरकारले सेयर बजारलाई सकारात्मक सम्बोधन गर्ने आशामा रहेका लगानीकर्ता आइतबार प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिँदै गर्दा भने आशावादी हुन सकेनन् । बजार खुलेदेखि नै लगातार घटेको सेयर बजार परिसूचक नेप्से ३१.०४ अंकले घटेर बन्द भएको छ । 

      काबेली करिडोर चाँडो सम्पन्न गर्न घिसिङको निर्देशन, फेरी म्याद नथप्ने

      ८ वर्ष अगाडि

      फागुन २५, पाँचथर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काबेली करिडोरको निर्माण चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन् ।

      आयोजनाको स्थलगत अवलोकलको क्रममा पाँचथर आइपुगेका निर्देशक घिसिङले काबेली करिडोरको निर्माणमा भैरहेको ढिलाइप्रति चिन्ता व्यक्त गरे । काबेली करिडोर तथा जिल्लामा अन्य निर्माणधिन विद्युत आयोजनाको अवलोकन गर्दै घिसिङले निर्माण कम्पनीले निर्धारित समयमा काम नसके तेस्रो पटक म्याद नथप्ने चेतावनी दिएका छन् ।

          • param d d