काठमाडौं, प्रभु ईन्स्योरेन्सको ४६ प्रतिशत हकप्रद सुरक्षित गर्नको लागि आज अर्थात आईतवार अन्तिम मिति रहेको छ । बैंकले हकप्रद निस्काशनको लागि जेष्ठ २४ गतेवाट वुक क्लोज गर्ने भएको छ ।
प्रभु ईन्स्योरेन्सलाई २ः ०.४६ अनुपातमा ३१ लख ६६ हजार ६ सय ७७ दशमलव ६३ किता हकप्रद सेयर निस्कासनका लागि नेपाल धितो पत्र वोर्डले अनुमति दिईसकेको छ । जसमा विक्रि प्रवन्धकको रुपमा प्रभु क्यापिटल रहेको छ ।
हाल उक्त कम्पिनको चुक्ता पुंजि ६८ करोड ८४ लाख ८ हजार १८१ रुपैंया रहेको छ । सो पुंजिवाट प्रभुले ४६ प्रतिशत हकप्रद खुल्ला गर्न लागेको हो ।
४६ प्रतिशत हकप्रद विक्रि पछि भने प्रभुको चुक्ता पुजि १ अर्व ५० लाख ७५ हजार ७ सय ६३ रुपैंया पुग्नेछ ।








