वैशाख १६,२०८३ / ०४ : ३४ अपरान्ह / 2026-04-29 04:34 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      बढ्यो बेरुजु, ४६ खर्ब ४७ अर्बको लेखा परीक्षणमा ५ खर्ब ८ अर्ब बेरुजु

      ८ वर्ष अगाडि

      सरकारी कार्यलय तथा संगठित संस्थाहरूमा हिसाब देखाउन नसकेको वा कानुनको परिधिभित्र बसेर खर्च गर्न न   सकेको रकम (बेरुजु) बढ्दै गएको छ।

      चियापानमा मात्र राज्यकाे वार्षिक ७ अर्ब रुपैयाँ खर्च

      ८ वर्ष अगाडि

      जंगली गिठ्ठा खाएर छाक टार्ने गरिब, तिनका श्रीमती, वृद्ध बाबुआमा, छोराछोरी प्रत्येकका नाममा २४,२७६ रुपैयाँ राष्ट्रिय ऋण छ । महालेखापरीक्षकको प्रतिवेदनअनुसार आन्तरिक ऋण २ खर्ब ८३ अर्ब ९१ करोड र वैदेशिक ऋण ४ खर्ब १३ अर्ब ९८ करोड भएको राज्यले चियापानमा वर्षमा ६ अर्ब ९४ करोड खर्च गरेको छ ।

      एकल भुक्तानी बिमामा कालो धन प्रयोग भएको आशंका

      ८ वर्ष अगाडि

      चालू आवको पुस मसान्तसम्ममा ५ हजार १४ वटा एकल भुक्तानी जीवन बिमा योजना बिक्री

      एकैपटक ठूलो रकमका एकल भुक्तानी जीवन बिमा योजना बिक्री हुन थालेपछि बिमा क्षेत्रमा गैरकानुनी रकम भित्रिन थालेको आशंका गरिएको छ ।

      खाडीको सुन लहानको चिया पसलमा किनबेच

      ८ वर्ष अगाडि

      लहान –लहानको मुख्यचोकस्थित एउटा चिया पसलमा सुन खरिदबिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले एक महिलासहित तीनजनालाई नियन्त्रणमा लियो।

      आक्रामक रूपमा कर्जा प्रवाह गर्दा १६ बैंकको खराब कर्जा बढ्यो

      ८ वर्ष अगाडि

      काठमाडौं, चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १६ वटा वाणिज्य बैंकको खराब कर्जा बढेको छ । बैंकहरूले पुँजी वृद्धिको अनुपातमा नाफा गर्ने होडले आक्रामक रूपमा कर्जा प्रवाह गर्दा खराब कर्जाको अंश बढेको हो ।

      साञ्जेन जलविद्युत्तमा एक लाख ५६ हजार ६४५ आवेदकले पाए ४० कित्ता सेयर, ३० पाउने कति ?

      ८ वर्ष अगाडि

      साञ्जेन जलविद्युत्त कम्पनीले पहिलो चरण फागुन ११ देखि ३० गतेसम्म कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि निष्काशन गरेको सेयर आइतबार बाँडफाँड भएको छ । साञ्जेनले ७१ लाख १७ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेकोमा एक लाख ८५ हजार ३५ जना आवेदकले चार करोड २० लाख ३१ हजार २०० कित्ता सेयर माग गरेका थिए ।

      संघीय बजेटको सिलिङ १२ खर्ब ४ अर्ब

      ८ वर्ष अगाडि

      काठमाडौं,अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष (२०७५-७६) का का लागि १२ खर्ब ४ अर्बको सिलिङ तोकेको छ । मुलुकको अर्थतन्त्र निराशाजनक अवस्थामा रहेको र स्रोतको अभावले खर्च व्यवस्थापन धान्न नसकिने भन्दै आगामी आवको बजेट सिलिङ घटाइएको हो । सरकारले चालू आर्थिक वर्षका लागि १२ खर्ब ७९ अर्बको बजेट ल्याएको छ । विकास निर्माणको कामलाई तीव्रताका साथ अघि बढाउने घोषणा गरेको सरकारले यसरी बजेटको आकार नै घटाउनुपर्ने अवस्थालाई भने ‘असामान्य’ रुपमा हेरिएको छ । 

      प्याज र गोलभेंडा आयात रोक्ने कृषिमन्त्रीको घोेषणा

      ८ वर्ष अगाडि

      रुपन्देही- कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले अबको दुई वर्षभित्र प्याज र गोलभेंडा आयातमा रोक लगाउने बताएका छन् । मन्त्री खनालले देशमा सम्भावना हुँदाहुँदै पनि कृषियोग्य जमिन बाँझै रहेको र नेपालमा उत्पादन हुन सक्ने कृषि उपजहरुसमेत छिमेकी देशबाट आउने क्रम बढेकाले अब यहीँ उत्पादन गरी आयात रोक्ने अवस्थामा पुग्नुपर्ने बताए ।

      १ करोड ६९ लाख रुपैयाँको मस्ट्याङ गाडीको बिक्री सुरु, गाडीमा यस्तो छ विशेषता

      ८ वर्ष अगाडि
      काठमाडौं,फोर्डको अधिकृत विक्रेता गो अटो मोबाइल्सले 'मस्ट्याङ' गाडीको बिक्री सुरु गरेको छ। नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले गाडी बिक्रीको शुभारम्भ गरिन्।यो फोर्डको प्रिमियम सेग्मेन्टको गाडी हो। यो गाडी नाडा अटो शोमा प्रदर्शनका लागि राखिएको थियो। यो गाडीको मूल्य १ करोड ६९ लाख रुपैयाँ कम्पनीले तोकेको छ।

      बियर उत्पादनमा तत्काल २५ करोड लगानी थप

      ८ वर्ष अगाडि
        रुपन्देही –नेपाली बजारमा तीन किसिमका बियर उत्पादन गरिरहेको टाइगर्स ब्रुअरी इन्डस्ट्रिजले क्षमता बढाउन २५ करोड रुपैयाँ लगानी थपेको छ।

      तीन लाख कार्टुन बियर उत्पादन गर्दै आएको यो ब्रुअरीले क्षमता बढाएर मासिक साढे चार लाख कार्टुन पुर्‍याउने लक्ष्य राखेको छ । यही लक्ष्य पुरा गर्न उद्योगले करिव २५ करोड रुपैयाँ थपेको हो । उत्पादन बढाउन उद्योगले अहिले पूर्वाधार निर्माण गरिरहेको छ ।
          • param d d