आर्थिक
होङसी शिवम सिमेन्टले शुक्रबारदेखि व्यवसायिक उत्पादन थाल्ने, एक हजार ५० जनाले रोजगारी पाउने
नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योगको रुपमा स्थापित होङसी शिवम सिमेन्टले शुक्रबारदेखि व्यवसायिक उत्पादन थाल्ने भएको छ । नेपालको शिवम् सिमेन्ट र चीनको होङसी सिमेन्ट कम्पनीको संयुक्त लगानीमा स्थापना भएको उद्योगको शुक्रबार चिनियाँ र नेपाली लगानीकर्ताले व्यवसायिक उत्पादनको संयुक्त रुपमा औपचारिक उद्घाटन गर्न लागेको हो ।
अघिल्लो साताको तुलनामा २७ प्रतिशतले बढ्यो सेयर कारोबार , ३५ लाख कित्ता सेयर सूचीकृत
सेयर बजारमा यो साता २७ प्रतिशतले कारोबार बढेको छ । गत साताको तुलनामा यो साता कारोबार रकम २७.७६ प्रतिशतले बृद्धि भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्से परिसुचक अघिल्लो साताको तुलनामा ५.१९ अंकले घटे पनि कारोबार रकममा भने बृद्धि देखिएको छ ।
गरिबी निवारण गर्दै आर्थिक समृद्धि बजेटको प्राथमिकता
अर्थमन्त्री डा युवराज खतिवडाले ‘आर्थिक वर्ष २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दै संविधानको मौलिक हक र दिगो विकास लक्ष्यलाई ध्यान दिई आगमी बजेट ल्याइने अवगत गराउनुभएको छ ।
चिनियाँ ई-कमर्स जाइन्ट अलिबाबा नेपाल प्रवेश
पाकिस्तानको रकेट इन्टरनेट साउथ एसियन ई–कमर्स दराज अनलाइन सपिङलाई चिनियाँ कम्पनी अलिबाबाले किनेको छ।
७ अर्ब १० करोड डलरमा स्टारबक्सको कफी बेच्ने सम्झौता गर्यो नेस्लेले
दोहोरो अंकले घट्यो शेयर बजार
साताको पहिलो दिन आज शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्चेञ्जका अनुसार नेप्से परिसूचक १२.५१ बिन्दुले ओरालो लागेर एक हजार ३५३.६४ बिन्दुमा आइपुगेको छ ।
सरकारले चिनीको भन्सार महसुल बृद्धि गर्ने , तर बजारमूल्य भने नबढ्ने
सरकारले चिनीको भन्सार महसुल बृद्धि गर्ने निर्णय गरेको छ । हाल १५ प्रतिशत लाग्ने चिनीको भन्सार शुल्क बढाएर ३० प्रतिशत पुर्याइएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
महले सबै भाँडा भरिए, घरका जग, अंखोरामा पनि मह राख्नुपर्ने अवस्था ,
मोरङका मौरीपालक किसान मह बेच्न बजारको खोजी गरिरहेका छन् । आफूहरुले उत्पादन गरेको मह बिक्री नभएपछि मौरीपालक किसान आफूले उत्पादन गरेको मह बेच्ने बजारको खोजी गरिरहेका हुन् ।
सम्झौता भएको ६ अर्ब दिएनन् दाताले
विकास साझेदारहरूले नेपाललाई झुक्याएका छन् । स्विट्जरल्यान्ड, जर्मनी, जापानलगायत द्विपक्षीय विकास साझेदारहरूले नेपालको विकास निर्माणमा सहयोग गर्न ऋण तथा अनुदान सम्झौता गरे पनि प्रतिबद्धताअनुसार रकम प्रदान नगरेका हुन् ।
शेयरमा लगानी गर्नेले स्रोत खुलाउनुपर्ने
धितोपत्र बजारमा हुने लगानीमा स्रोत खुलाउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार स्रोत नखुलेको लगानीलाई थप कडाई गर्ने नीति लिइएको छ ।








