वैशाख १६,२०८३ / ०४ : ४१ अपरान्ह / 2026-04-29 04:41 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      दोहोरो अंकले बढ्यो शेयर बजार

      ८ वर्ष अगाडि
      काठमाडौँ,  निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज भने दोहोरो अंकले बढेको छ । 

      नेपाल स्टक एक्चेन्जका अनुसार नेप्से परिसूचक १५.४८ बिन्दुले उकालो लागेर एक हजार २२० बिन्दुमा पुगेको हो । 

      सोमबार ५२ अंकले ओरालो लागेको शेयर बजार आज सुधार ः ३९ अंकले बढ्यो नेप्से

      ८ वर्ष अगाडि
      काठमाडौँ, सोमबार ५२ अंकले ओरालो लागेको शेयर बजार आज थामिएर ३९.१६ बिन्दुले बढेको छ । 
      नेपाल स्टक एक्स्चेन्जका अनुसार ‘क’ वर्गका कम्पनीका शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ८.०९ बिन्दुले बढेर २५७.७४ बिन्दुमा पुगेको छ । 

      क्यामेल्स रेटिङमा विदेशी साझेदार बैंक अगाडि

      ८ वर्ष अगाडि

      सञ्चालनमा रहेका बैंकहरूका आधारभूत सूचकहरूलाई आधार माथि गरिएको क्याले रेटिङको शीर्ष ५ मा विदेशी साझेदार भएका निजी क्षेत्रका बैंकहरू परेका छन । तर, विदेशी साझेदार नभएको सानिमा बैंक भने पाँचौं स्थानमा छ ।

      फोरम नेपालद्वारा निरन्तर शेयर बजार घटिरहेको प्रति सरकारको ध्यानाकर्षण,सुधारका लागि यस्ता छन् १९ माग

      ८ वर्ष अगाडि

      काठमाडौं: शेयर लगानीकर्ताहरूको म‌ंच 'नेपाल इन्भेष्टमेन्ट फोरम नेपाल'ले निरन्तर शेयर बजार घटिरहेको प्रति सरकारको ध्यानाकर्षण गराएको छ। सरकारले गर्नुपर्ने कतिपय काम नगरिरहेको र बजार स्थिति कमजोर भएको कारण बजार घटेको बताउँदै आवश्यक कदम चाल्नका लागि आग्रह पनि गरेको छ। 

      अर्थमन्त्रीले सेयर बजार आफै बढ्छ,आफै घट्छ भने पछि लगानीकर्ताहरु आन्दोलनमा जाने !

      ८ वर्ष अगाडि

      अर्थमन्त्रीको भनाई आएसँगै सेयर बजार पुनः ओरालो लागे भन्दै सेयर लगानीकर्ताहरु आन्दोलनमा जाने भएका छन् । ‘अर्थमन्त्रीजस्तो व्यक्तिले सेयर बजार आफै बढ्छ, आफै घट्छ भन्न मिल्दैन । किनभने हाम्रो बजार निर्जीव छ,’ नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेलले भने ।

      यस साता रु एक अर्ब ७२ करोडको शेयर कारोबार

      ८ वर्ष अगाडि

      काठमाडौँ,   धितोपत्र बजारमा यस साता रु एक अर्ब ७२ करोड पाँच लाख २८ हजार बराबरको शेयर कारोबार भएको छ ।   नेपाल स्टक एक्चेन्जका अनुसार कूल १७३ कम्पनीको ४६ लाख दुई हजार ६३० कित्ता शेयर कारोबार भएको थियो । कारोबार रकम गत साताको भन्दा ३२.९९ प्रतिशत बढी हो । गत साता १७४ कम्पनीको ३३ लाख ३९ हजार १६० कित्ता शेयर रु  एक अर्ब २९ करोड ३६ लाख ९८ हजारमा कारोबार भएको थियो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५८.५२ अंकले घटेर अन्तिम दिन एक हजार २२०.४४ अंकमा पुगेको छ ।

      मौरी पालेर विद्यालय सञ्चालन,विद्यालयको छतमै मौरीका घार

      ८ वर्ष अगाडि

      मलेखु, धादिङ,  बेनीघाट रोराङ गाउँपालिका–२ मा रहेको रावलडाँडा आधारभूत विद्यालयमा मौरीपालन गरेर विद्यालयको स्रोत जुटाइएको छ । विद्यालय सञ्चालनका लागि आर्थिक अभाव भएपछि मौरीपालन शुरु गरिएको हो । सरकारले सामुदायिक विद्यालय सञ्चालन गर्न तथा तह बढाउन अनुमति दिने तर शिक्षक दरबन्दी नपठाउने भएपछि सामुदायिक विद्यालय व्यवस्थापन समितिले नै शिक्षकलाई निजी स्रोतमा तलब खुवाउनका लागि मौरीपालन शुरु गरिएको हो ।

      नेप्से परिसूचक १० अंकले ह्रास आएपछि यस साता कारोबार भएको पाँच दिनमा ६७ अंकको गिरावट

      ८ वर्ष अगाडि

      काठमाडौं : बिहीबार पनि नेप्से परिसूचक १० अंकले ह्रास आएपछि यस साता कारोबार भएको पाँच दिनमा ६७ अंकको गिरावटआएको छ। नेप्से अहिले करिव साढे दुई वर्ष अगाडिको अवस्थामा पुगेको छ। बिहीबारको गिरावटसँगै नेप्सेमा एक हजार २२० अंकमा झरेको छ। यो साताको पहिलो दिन नौ, दोस्रो दिन आठ, तेस्रो दिन १५, चौथो दिन २४ र पाँचौँ दिन १० अंकले नेप्सेमा ह्रास आएको हो। 

      फेरीको व्यापारदेखि सहकारीको अध्यक्षसम्म

      ८ वर्ष अगाडि
      भीमदत्तनगर,ः कञ्चनपुरको महाकाली नगरपालिका–७ का मानबहादुर ओलीको स्थानीय बाबाथान बजारमा फेन्सी पसल छ । बयालीस वर्षीय ओली फेन्सी पसलका सञ्चालक अर्थात् व्यापारमा मात्रै सीमित छैनन् ।

             आर्थिक अवस्था कमजोर र पीडासँग संघर्ष गर्दैआउनुभएका ओली एक दशकयता महाकाली नगरपालिकामा सबल व्यापारीसँगै समाजसेवीका रुपमा परिचित हुनुहुन्छ ।

      सहकारीको शरणमा बैंक

      ८ वर्ष अगाडि

      काठमाडौं – लगानीयोग्य पुँजी (तरलता) को अभाव भएपछि बैंकहरु निक्षेप संकलन गर्न सहकारी संस्था धाउन थालेका छन्। ऋण लगानी गर्न रकम नभएपछि आकर्षक ब्याजदरसहितको योजना लिएर बैंकहरु सहकारी संस्थाको कार्यालय पुग्न थालेका हुन्।

      बैंकमा प्रशस्त लगानीयोग्य पुँजी भएका बेला सहकारी संस्थाको निक्षेपलाई खासै ध्यान नदिने बैंकहरु अहिले भने उच्च ब्याज दिने प्रलोभनसहित सहकारी संस्थामा जान थालेका छन्।

          • param d d