काठमाडौं, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले पूर्ण अनलाइन ट्रेडिङ्ग प्रणालीको परीक्षण गर्न विभिन्न कम्पनी नियुक्तिको प्रक्रिया अघि वढाएको छ ।
नेप्सेले शुक्रबार विश्वव्यापी रुपमा उक्त प्रणाली सञ्चालनको लागि शिलबन्दी बोलपत्र आह्वान गरेका छन् । नेप्सेले एक महिनाको समय अवधि राखेर विश्वव्यापी रुपमा बोलपत्र आह्वान गरेका हुन् । असार १० गतेसम्म ईच्छुक कम्पनीलाई बोलपत्र पेश गर्न समय दिइएको छ ।
वाईको प्रालीमा तयार पारेको अनलाईन ट्रेडिङ प्रणालीको परीक्षण, समस्या समधान र प्रमाणिकरणका लागि नयाँ कम्पनी नियुक्तिको प्रक्रिया अघि वढाएको नेप्सेले उल्लेख गरेको छ । अनलाइन सेयर कारोबारको प्रविधि प्रयोगकर्ताले सञ्चालन गर्नसक्ने अवस्थामा पुर्याउनका लागि नयाँ कम्पनी छनौट गर्न लागिएको जनाएको छ ।
नेप्से आगामी आर्थिक बर्षदेखि पूर्ण अनलाइन ट्रेडिङ प्रणाली लागू गर्ने तयारीमा रहेको छ ।
उक्त कम्पनीको छनौटपछि पूर्ण अनलाइन ट्रेडिङ प्रणालीको परीक्षण आरभ्भ गरिने त्यस पश्चात भने काम नियम रुपमा सञ्चालन गर्ने नेप्सेले जनाएको छ ।








