वैशाख १४,२०८१ / ०३ : १० पूर्वान्ह / 2024-04-26 03:10 am
      • param ad
      • furniture
      • veera Incorporation

      राष्ट्रपति उम्मेदवारी मनोनयन

      - ६ वर्ष अगाडि
      फागुन २३,२०७४

      काठमाडौं : दोस्रो कार्यकालका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले उम्मेदवारी दर्ता गराएकी छन्। नेकपा एमाले र माओवादी केन्द्रको प्रस्ताव र समर्थनमा राष्ट्रपति उम्मेदवार बनेकी भण्डारीको प्रतिस्पर्धीमा नेपाली कांग्रेसबाट कुमारी लक्ष्मी राईले उम्मेदवारी दर्ता गराएकी छन्। बुधबार राष्ट्रपति निर्वाचनको कार्यालय नयाँ बानेश्वर पुगेर भण्डारी र राईले उम्मेदवारी दर्ता गराएका हुन्। राष्ट्रपतिको उम्मेदवारी सुरुमा नेपाली कांग्रेसकी उम्मेदवार राईले दर्ता गराइन् भने त्यपछि भण्डारीले उम्मेदवारी दर्ता गराइन्। कांग्रेसबाट उम्मेदवारी दर्ता गराउन उम्मेदवार राईसहित महामन्त्री डा. शशांक कोइराला लगायतका नेताहरू राष्ट्रपति निर्वाचनको कार्यालय पुगेका थिए। उम्मेदवार राईको उम्मेदवारी मनोनयनको प्रस्तावकमा कांग्रेस सांसद चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, पार्वता डिसी चौधरी, देवेन्द्रराज कँडेल, सुरेन्द्रराज पाण्डे थिए भने समर्थकमा सरिता प्रसाईँ, सुजता परियार, प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी, र राधा घले थिए। वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराउने क्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूको उपस्थिति रहेको थियो। भण्डारीको प्रस्तावक र समर्थकमा एमाले र माओवादीका पाँच पाँच सांसद रहेका थिए। भण्डारीको प्रस्तावकमा एमाले-माओवादी सांसदहरू माधवकुमार नेपाल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, ओनसरी घर्ती र भीम रावल रहेका छन् भने समर्थकमा रामबहादुर थापा बादल, विष्णु पौडेल, भानुभक्चत ढकाल, रवीन्द्र अधिकारी र गोकर्ण विष्ट रहेका छन्।

        सम्बन्धित समाचारहरु