जेष्ठ ३०,२०८३ / ०५ : ५३ अपरान्ह / 2026-06-13 05:53 pm
      • param ad
      • furniture
      • veera Incorporation

      माधव नेपालसँग ‘लिफ्ट’ लिएर संसद् पुगे सिलवाल

      - ८ वर्ष अगाडि
      2074-11-20/04:27 pm

      प्रहरीको फरारको सूचीमा रहेका सांसद् एवं पूर्व डिआईजी नवराज सिलवाल सपथ ग्रहण कार्यक्रममा सहभागी हुन बानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेका छन् ।

      उनी एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालको गाडीमा ‘लिफ्ट’ लिएर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।

      आइतबार अपरान्ह ४ बजे प्रतिनिधि र प्रदेशसभाका निर्वाचित सांसद्को सपथ ग्रहण हुँदैछ ।

      सिलवालमाथि आईजीपी बढुवाका वेला कार्यसम्पादन मूल्याङ्कन कीर्ते गरेको आरोप लागेको छ ।

      त्यसको अनुसन्धानको जिम्मा काठमाडौं प्रहरी परिसरले पाएको थियो । र, परिसरले अनुसन्धानपछि तयार पारेको रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पुगेर थन्किएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d