जेष्ठ ३०,२०८३ / ०५ : ५२ अपरान्ह / 2026-06-13 05:52 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सभामुख महराले लिए पद तथा गोपनियताको सपथ

      - ८ वर्ष अगाडि
      फागुन २७,२०७४

      काठमाडौं सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको सपथ लिएका छन् । आइतबार राष्ट्रपति निवास शीतल निवासमा दौरा सुरुवालमा सजिएर महराले राष्ट्रपतिबाट सपथ लिएका हुन् ।माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको निर्वाचनमा दाङको क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उनी सभामुखमा भने निर्विरोध निर्वाचित भएका हुन् । सभामुख पदमा महराको एकमात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

      सभामुखमा महरालाई माओवादीका सचेतक देव गुरुङको समर्थन र एमाले नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ प्रस्ताव रहेको थियो । त्यस्तै, प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि सभामुखमा महरालाई समर्थन गरेको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d