काठमाडौँ- केपी शर्मा अाेली नेतृत्वकाे मन्त्रिपरिषद् तेस्राेपटक विस्तार भएकाे छ । प्रधानमन्त्री अाेलीले अाज पुनः एमाले र माअाेवादी केन्द्रका मन्त्री थप गरी सरकारकाे अाकार बढाएका छन् । यससँगै मन्त्रिपरिषद् २२ सदस्यीय भएकाे छ ।
थपिएका मन्त्रीहरूकाे अाजै सपथग्रहणसमेत भएकाे छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलार्इ पद तथा गाेपनियताकाे सपथग्रहण गराइन् ।
प्रधानमन्त्री नवनियुक्त मन्त्रीहरूलार्इ यसप्रकार जिम्मेवारी दिएका छन् ।
गोकर्ण विष्ट – श्रम तथा रोजगार
प्रदीप ज्ञवाली – परराष्ट्र
शेरबहादुर तामाङ – कानुन तथा न्याय
रघुवीर महासेठ – भौतिक पूर्वाधार तथा यातायात
रवीन्द्र अधिकारी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
लालबाबु पण्डित – संघीय मामिला तथा सामान्य प्रशासन (जिम्मेवारी हेरफेर)
जगतबहादुर विश्वकर्मा – युवा तथा खेलकुद
राज्यमन्त्री
गोकुल बास्कोटा – सूचना तथा सञ्चार
पद्मा अर्याल – स्वास्थ
धनबहादुर बुढा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
माओवादीबाट थपिएका मन्त्री तथा राज्यमन्त्री
गिरिराजमणि पोखरेल – शिक्षा
वर्षमान पुन अनन्त – उर्जा जलस्रोत तथा सिचाइ
चक्रपाणि खनाल बलदेव – कृषि तथा भूमिसुधार
शक्ति बस्नेत – वन तथा वातावरण
विना मगर – खानेपानी
राज्यमन्त्री
रामकुमारी चौधरी – कृषि तथा भूमिसुधार