मुख्य समाचार
रवि लामिछानेलाई कास्की अदालतमा उपस्थित गराइयो, अदालत बाहिर लामिछानेका समर्थक जम्मा
सहकारी ठगी मुद्दामा पक्राउ परेका पूर्वगृमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई जिल्ला अदालत, कास्कीमा उपस्थित गराइएको छ ।
जलवायु परिवर्तनका कारण समुद्रको तापमान दोब्बरले बढ्यो
सन् २००५ पछि जलवायु परिवर्तनका कारण विश्वव्यापी तापमान वृद्धिसँगै महासागर तात्ने गति पनि दोब्बर भएको छ । महासागरले पृथ्वीको सतहबाट ७० प्रतिशत भाग ढाक्छ र वायुमण्डललाई सन्तुलनमा राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
भारी वर्षाका कारण आएको बाढीपहिरोमा परी २३६ जना मृत्यु पुग्यो
भारी वर्षाका कारण एकैसाथ देशभरि आएको बाढी, पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या २३६ पुगेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढि पहिरोमा परेर अझै १९ जना बेपत्ता छन् भने १६ जना घाइते छन् ।
दशैंको शुभकामना भित्र लुकेको राजनीतिक चाहना, काठमाडौं १ मा खुले उप्रेती
बडादशैको प्रारम्भसंगै दशै, तिहार, छठ र नेपाल सम्वतको अवसरमा देशभर शुभकामना आदान प्रदानका कार्यक्रम पनि सुरु भएका छन् ।
झ्याप्ले खोलामा गएको पहिरोमा पुरिएका ३५ जनाको पहिचान खुल्यो, यस्तो छ सनाखत भएकाहरूको विवरण
लगतारको वर्षाका कारण धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा हालै गएको पहिरोमा पुरिएर २५ जना पुरुष, ९ जना महिला र १ जना बालिकाको मृत्यु भएको छ ।
बाढीपहिरोमा परी दुई सय २८ जनाको मृत्यु, २५ जना बेपत्ता
हालैको बाढीपहिरोमा परी दुई सय २८ जनाको मृत्यु भएको छ, भने २५ जना बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन् ।
अहिलेसम्म कुन–कुन सडक खुले ? कुन अझै अवरुद्ध ?
असोज १६ गते । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीका अनुसार काठमाडौँ–नौबिसे–दामन–हेटौँडा सडक सुचारु भएको छ ।
फेरी मनसुन सक्रिय, हिले दशै हुने सम्भावना,सर्तकता अपनाउन अनुरोध
असोज १८ गतेसम्म बागमती र कोशीमा भारी वर्षाको सम्भावना देखिएको हुँदा यात्रा गर्दा सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।
बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीको तयारी
यातायात व्यवसायीले सार्वजनिक बसको चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् । यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले गएको शनिवारदेखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए ।
हवाई उडानमा नयाँ रेकर्ड : एकैदिन साढे पाँच सय उडान
काठमाडौं भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक अवरुद्ध हुँदा काठमाडौँ आउने मुख्य सडकमार्ग अवरुद्ध छन् ।








