कार्तिक २९,२०८१ / ०८ : १४ पूर्वान्ह / 2024-11-14 08:14 am
      • param ad
      • furniture
      • veera Incorporation

      भारी वर्षाका कारण आएको बाढीपहिरोमा परी २३६ जना मृत्यु पुग्यो

      - एक हप्ता अगाडि
      असोज १८,२०८१

      काठमाडौं, भारी वर्षाका कारण एकैसाथ देशभरि आएको बाढी, पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या २३६ पुगेको छ ।

      जसमध्ये ११४ जना पुरुष, ३२ जना महिला र १९ बालबालिका रहेको गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढि पहिरोमा परेर अझै १९ जना बेपत्ता छन् भने १६ जना घाइते छन् ।

      बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार जनाको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । ९१० जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । बाढीपहिरोबाट करोडौंको सडक, पुल लगायतका संरचनाहरुमा क्षति पुगेको छ । यस्तै बीपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । भौतिक पूर्वाधार मन्त्रालयले बीपी राजमार्ग दशैं अघि सन्चालनमा ल्याउन कठिन हुने जनाएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d