कार्तिक २९,२०८१ / ०७ : ०८ पूर्वान्ह / 2024-11-14 07:08 am
      • param ad
      • furniture
      • veera Incorporation

      जलवायु परिवर्तनका कारण समुद्रको तापमान दोब्बरले बढ्यो

      - एक हप्ता अगाडि
      असोज १९,२०८१

      काठमाडौं,  सन् २००५ पछि जलवायु परिवर्तनका कारण विश्वव्यापी तापमान वृद्धिसँगै महासागर तात्ने गति पनि दोब्बर भएको छ । महासागरले पृथ्वीको सतहबाट ७० प्रतिशत भाग ढाक्छ र वायुमण्डललाई सन्तुलनमा राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । 

      सन् १९६० को दशकदेखि महासागरको तापमान लगातार बढिरहेको छ । तर सन् २००५ पछि यसको वृद्धिदर अझ तीव्र भइरहेको कोपर्निकसको समुद्र विज्ञ करिना फोन शुकमानका ले बताएकी छन् । यसको वृद्धिदर ०.५८ प्रतिवर्गमिटरबाट १.०५ प्रतिवर्गमिटरसम्म पुगेको छ । आईपीसीसीका अनुसार सन् १९७० पछि कार्बन डाइअक्साइड र अन्य ग्रिनहाउस ग्याँस उत्सर्जनका कारण वायुमण्डलमा फैलिने अतिरिक्त तातोपनाको करिब ९० प्रतिशत महासागरले सोस्छ । 

      त्यसैले महासागार पनि तात्छ । अनि महासागर तात्दा विश्वको मौसमी गतिविधि र वर्षा हुने प्रणाली प्रभावित हुन्छ । त्यसबाट तुफान, चक्रवात र अन्य चरम मौसमी घटना सिर्जना हुन्छ । महासागरमा तातो लहर बढ्दा केही समुद्री जीवको पलायन वा सामूहिक मृत्युसमेत हुनसक्ने वैज्ञानिकहरुले बताएका छन् । अहिले समुद्र तातो हुने अवधि पनि बढेको छ । सन् २००८ देखि तातो हुने औसत अवधि बढेर २० देखि ४० दिनसम्म पुगेको छ । आर्कटिकको उत्तरपूर्वी ब्यारेन्ट्स सागरको पिँधसम्मको केही हिस्सामा तातो लहर देखिएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d