चैत ३,२०८२ / ०२ : ५८ अपरान्ह / 2026-03-17 02:58 pm
      • param ad
      • furniture
      • veera Incorporation

      एकघण्टाकी सुत्केरी स्टेचरमै एसइई को परीक्षा दिँदै

      - ७ वर्ष अगाडि
      चैत १३,२०७४

      म्याग्दी,जिल्लाको धौलागिरी गाउँपालिका–६ ताकमकी एक परीक्षार्थीले बच्चा जन्माएको एकघण्टामै माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा दिन केन्द्रमा पुगेकी छन् । मंगलबार विहान अचानक सुत्केरी व्यथाले च्यापेपछि ताकम स्वास्थ्य चौकीमा पुगेकी २१ वर्षीय फुलमायाँ केसीले छोरी जन्माए लगत्तै परिवारको सहयोगमा स्ट्रेचरको प्रयोग गरी हेम मावि सिवाङ केन्द्रमा पुगेको श्रोत व्यक्ति गिरीप्रसाद छन्त्यालले बताए ।

      परीक्षा सुरू हुन लागेको अवस्थामा बच्चा जन्मिएको खवर आयो, परीक्षार्थीलाई छुट्टै कोठामा राखेर परीक्षा दिने व्यवस्था मिलाएका छौँ’ छन्त्यालले भने । सुत्केरी भएलगत्तै फुलमायाँले विज्ञान विषयको परीक्षा दिने बताएपछि स्वास्थ्यकर्मीलेसमेत उनलाई स्ट्रेचरमा लैजान सुझाव दिएका थिए ।

      ‘स्वास्थ्यकर्मीले पनि नजर लगाउनुभएको छ । उहाँलाई समय थप गरिन्छ’ छन्त्यालले भने । केसीको छोरीको नामसमेत प्रवेशिका राखिएको छ । धौलागिरी गापा–३ मुना सोलवाङ स्थायी घर भएकी केसीले ताकम माविबाट परीक्षा सहभागी भएको परिक्षा केन्द्रले जनाएको छ । केन्द्रमा २२३ जना परिक्षार्थी परिक्षामा सहभागी छन् । केन्द्रमा छिमेकी मालिका गाउँपालिकाको देविस्थानको भीम मावि र गौगमबस्त्र माविका विद्यार्थीसमेत सहभागि छन् ।

      धौलागिरी गाउँपालिकाको मराङ र मल्कावाङका विद्यार्थी जनप्रिय मावि दरवाङ परिक्षा केन्द्रबाट परीक्षा दिएका छन् । म्याग्दीमा एसइई परीक्षाका लागि यसवर्ष कुल २ हजार ३३९ जना परीक्षार्थी रहेका थिए । छात्रा १ हजार १६९ र छात्र १ हजार १५७ रहेकोमा तीमध्ये १४ जना एम्जाम्टेडतर्फका परीक्षार्थी रहेको विद्यालय निरीक्षक रेग्मीले जानकारी दिएका छन् । यसैगरी ५ जना दृष्टिविहिन विद्यार्थीहरु रहेका छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d