चैत ३,२०८२ / ०३ : १५ अपरान्ह / 2026-03-17 03:15 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य न्यायाधिवक्ता आचार्यद्वारा शपथ

      - ७ वर्ष अगाडि
      चैत १२,२०७४

      विराटनगर, प्रदेश नं १ का मुख्य न्यायाधिवक्ता चुँडामणि आचार्यले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा कुलरत्न भूर्तेलले उहाँलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

      समारोहमा प्रदेश प्रमुख प्रा डा गोविन्द तुम्बाहाङ, मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरेलगायत सुरक्षा निकायका प्रमुख, कानून व्यवसायी, प्राध्यापक र सञ्चारकर्मीको उपस्थिति थियो । नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम आचार्यलाई प्रदेश नं १ को मुख्य न्यायाधिवक्तामा नियुक्तिको सिफारिश गरिएको थियो ।

      वरिष्ठ अधिवक्ता आचार्यले २०४४ सालदेखि जनता ल क्याम्पसमा प्राध्यापक रहनुभएको थियो । २०४६ सालमा अधिवक्ता हुनुभएका आचार्य नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष र मोरङ बारका अध्यक्षसमेत भइसक्नुभएको छ । ९तस्वीर उपलब्ध छ०

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d