वैशाख १६,२०८३ / ०४ : ३५ अपरान्ह / 2026-04-29 04:35 pm
      • param ad
      • furniture
      • veera Incorporation

      दोहोरो अंकले बढ्यो शेयर बजार

      - ८ वर्ष अगाडि
      चैत १५,२०७४
      काठमाडौँ,  निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज भने दोहोरो अंकले बढेको छ । 

      नेपाल स्टक एक्चेन्जका अनुसार नेप्से परिसूचक १५.४८ बिन्दुले उकालो लागेर एक हजार २२० बिन्दुमा पुगेको हो । 

      सरकारले मुलुकको आर्थिक अवस्थाको बारेमा श्वेतपत्र जारी गर्ने तयारी गरेको र त्यसमा धितोपत्रको विषयसमेत समेटिने खबर सार्र्वजनिक भएपछि नेप्से परिसूचक उकालो लागेको अनुमान गरिएको छ । 

      स्कटका अनुसार आज १६४ कम्पनीको १४ लाख २७ हजार ९८१ कित्ता शेयर रु ३८ करोड ७१ लाख ७८ हजार ४०१ मा खरिद बिक्री भएको छ । 
       यस्तै क वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३.४ बिन्दुले उकालो लागेर २६०.८८ बिन्दुमा पुगेको छ । 

      आज व्यापार र अन्य उपसमूहबाहेक अरु सबै उपसमूहका शेयर उकालो लागेका छन् । व्यापार ३.०४ र अन्य समूहको ०.०३ बिन्दुले ओरालो लाग्दा बैंकिङ १५.७२, होटल ८.०६, विकास बैंक २०.४५, जलविद्युत् ४१.६, वित्त ५.६७, बीमा ६६.३५, उत्पादन १०.२३ र माइक्रोफाइनान्स समूह १९.९९ बिन्दुले उकालो लागेका छन् । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d