वैशाख १६,२०८३ / ०४ : ३६ अपरान्ह / 2026-04-29 04:36 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेप्से परिसूचक १० अंकले ह्रास आएपछि यस साता कारोबार भएको पाँच दिनमा ६७ अंकको गिरावट

      - ८ वर्ष अगाडि
      चैत ८,२०७४

      काठमाडौं : बिहीबार पनि नेप्से परिसूचक १० अंकले ह्रास आएपछि यस साता कारोबार भएको पाँच दिनमा ६७ अंकको गिरावटआएको छ। नेप्से अहिले करिव साढे दुई वर्ष अगाडिको अवस्थामा पुगेको छ। बिहीबारको गिरावटसँगै नेप्सेमा एक हजार २२० अंकमा झरेको छ। यो साताको पहिलो दिन नौ, दोस्रो दिन आठ, तेस्रो दिन १५, चौथो दिन २४ र पाँचौँ दिन १० अंकले नेप्सेमा ह्रास आएको हो। 

      एक वर्षको तुलनामा २६८, चार महिनाको तुलनामा २७३, एक महिनाको तुलनामा १५४ र एक साताको तुलनामा १६७ अंकले नेप्सेमा ह्रास आएको छ पछिल्लो एक वर्षको तुलनामा २६८, चार महिनाको तुलनामा २७३, एक महिनाको तुलनामा १५४ र एक साताको तुलनामा १६७ अंकले नेप्सेमा ह्रास आएको छ। यसरी ह्रास आउनुमा सरकारले शेयर लगानीकर्ताहरूप्रति गरेको बेवास्ता भएको बताउँछन् शेयर विश्‍लेषक छोटेलाल रौनियार। 'हामी ३० लाख लगानीकर्ताको मनोबल सरकारले गिराएको छ, यसको प्रभाव बजारमा परेको हो', रौनियारले  भने, 'सरकार नकारात्मक होइन त भन्छ तर सकारात्मक हो कि होइन, पुँजीबजारप्रति स्पष्ट धारणा आएन।'
       साथै बैंकहरूले पुँजी वृद्धिका लागि हकप्रद शेयर जारी गर्नु, बैंकमा लगानी अभाव जस्ता कारणले पुँजीबजारमा निरन्तर ह्रास आए पनि सरकारले बेवास्ता गरेको रौनियारको आरोप छ। 'ओली प्रधानमन्त्री हुनुपूर्व मलाई असहयोग गर्न बजार घटाउने गरी काम गरियो भन्नुभयो अनि सरकारमा गएपछि खै के काम भयो? बजार किन सुधार आएन?' रौनियारले भने। उनले यसरी क्रमिक रूपमा बजार २०० अंकले घट्दा पनि नियामक निकाय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालयलगायत सबै निकाय मौन बस्नुले लगानीकर्तालाई निरुत्साहित बनाएको रौनियारले बताए।
       वाम गठबन्धनको स्पष्ट बहुमत आएपछि नै सरकारले चाल्ने कदम हेरेर बसेका लगानीकर्ताहरूमा त्रास फैलाउने काम भएको एक ब्रोकर बताउँछन्। 'हामी सरकारको नीति पर्खेर बसेका छौँ तर सरकारका जिम्मेवार व्यक्ति हचुवाको भरमा अभिव्यक्ति दिँदै हिँड्छन्, सम्बोधन गर्दैनन्', ती ब्रोकरले भने।
       पछिल्लो समय कारोबार रकम पनि उल्लेख्य देखिएको छैन। गत वर्षको यही अवधिमा करिब डेढ अर्ब रुपैयाँको शेयर कारोबार हुने गरेकोमा पछिल्लो केही सातादेखि दैनिक ५० करोड रूपैयाँको समेत कारोबार भएको छैन। बुधबार ३८ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ४३ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
       यस्तो देखियो बिहीबारको उतारचढाव 
      बिहीबार एक हजार २३१ अंकबाट कारोबार सुरु भएकोमा दिउँसो १२:३४ बजेसम्म अधिकतम २४ अंकले ह्रास आएर एक हजार २०७ अंकमा झर्‍यो। त्यसपछि करिब आधा घण्टा समान्य उतारचढाव देखिएको बजारमा दिउँसो सवा एक बजेपछि निरन्तर उकालो लाग्यो। दिउँसो २ बजेसम्म २४ अंकको सुधार गरेर आठ अंकले उकालो लाग्यो। अर्थात त्यो समयमा नेप्सेमा ३२ अंकको सुधार देखियो दिउँसो २ बजेसम्म २४ अंकको सुधार गरेर आठ अंकले उकालो लाग्यो। अर्थात त्यो समयमा नेप्सेमा ३२ अंकको सुधार देखियो। तर यो उकालो दर कायम रहन सकेन। बजार बन्द हुनुभन्दा ४ मिनेटअघिसम्म नेप्से कारोबार सुरु भएको तुलनामा १४ अंकले ह्रास आई  एक हजार २१७ अंकमा झर्‍यो। त्यसपछि ४ मिनेटको अवधिमा  करिब चार अंकको सुधार आएपछि नेप्सेमा १० अंकको ह्राससहित एक हजार २२० अंक कायम भएको छ। यसरी बजार उतारचढाव हुनुमा लगानीकर्ताहरूको अस्थिरता भएको बताउँछन् एक ब्रोकर। 
      'यो समयमा बजारमा विभिन्न किसिमका लगानीकर्ता हुन्छन्, कतिपय यही बेला शेयर किनेर कमाउनुपर्छ भन्ने पनि हुन्छन्। कति घाटा कम गर्न बेच्छन्। यस्तो व्यालेन्स नमिल्दा केही समयमै अधिक तल र अधिक माथि हुने गरेको हो', ती ब्रोकरले भने। यस दिन सम्पूर्ण 'क' वर्गका कम्पनीहरूको कारोबारको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.९९ र सम्पूर्ण शेयरपत्रको कारोबारको मापन गर्ने फ्लोट इन्डेक्स ०.६३ अंकले ह्रास आए। कारोबारमा आएका उपसूचकहरूतर्फ पनि कुनै उपसूचक उकालो लाग्न सकेनन्। १५८ वटा कम्पनीका १० लाख ७७ हजार ७४९ कित्ता शेयरपत्रको किनबेचबाट ४३ करोड ८२ लाख ५६ हजार १३४ रुपैयाँ बराबरको कारोबार भयो।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d