वैशाख १६,२०८३ / ०६ : ०७ अपरान्ह / 2026-04-29 06:07 pm
      • param ad
      • furniture
      • veera Incorporation

      होङसी शिवम सिमेन्टले शुक्रबारदेखि व्यवसायिक उत्पादन थाल्ने, एक हजार ५० जनाले रोजगारी पाउने

      - ७ वर्ष अगाडि
      जेष्ठ ३,२०७५

      काठमाडौं,नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योगको रुपमा स्थापित होङसी शिवम सिमेन्टले शुक्रबारदेखि व्यवसायिक उत्पादन थाल्ने भएको छ । नेपालको शिवम् सिमेन्ट र चीनको होङसी सिमेन्ट कम्पनीको संयुक्त लगानीमा स्थापना भएको उद्योगको शुक्रबार चिनियाँ र नेपाली लगानीकर्ताले व्यवसायिक उत्पादनको संयुक्त रुपमा औपचारिक उद्घाटन गर्न लागेको हो । 

      उद्योगबाट पहिलो चरणमा दैनिक रुपमा ६ हजार टन सिमेन्ट उत्पादन हुनेछ । शुक्रवार देखी निरन्तर रुपमा उत्पादन गर्न लागेको सिमेन्को म”ल्य भने यकिन भउको छैन । अहिलेसम्म नेपालमा सर्वाधिक बढी तीन हजार टन सिमेन्ट अर्घाखाँची सिमेन्ट उधोगले उत्पादन गर्दै आएको छ । 
      कम्पनीले गुणस्तर चिन्हका लागि नापतौल विभागमा एक महिना अगाडि नै आवेदन दिइसकेको छ । विभागले दुई पटक उत्पादन गुणस्तरको अनुगमनसमेत गरिसकेको छ । ‘कम्पनीको उत्पादन गुणस्तर चिन्ह पाउन योग्य देखिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले वताए । 
      संयुक्त लगानीको उद्योग तीन वर्षअघि स्थापना सुरु भएको थियो । लगानी बोर्डको सम्झौंतामा तीन वर्ष भित्र उत्पादन थाल्ने उल्लेख गरेको थियो । लामो प्रकृयागत झण्झटसँगै आउने विभिन्न राजनीतिक अवरोध छिचोलेर उद्योगले उत्पादन गर्न लागेको हो ।
      नवलपरासीको वेनिमनिपुरमा रहेको उद्योगमा दैनिक ६ सय कामदारले अहोरात्र काम गरिरहेका छन् । साढे तीन सय चिनियाँ र २ सय ५० जना नेपाली कामदारहरु निरन्तर खटेकै कारण तीन वर्षमा उद्योगको पूर्वाधार तयार भएको हो ।
       उद्योग निर्माण सुरु भएपछि कामदारले २४ सै घण्टा काम गरिरहेका छन् । चिनियाँहरुले सरकारी प्रकृया ढिलो भए पनि काम नरोकी अहोरात्र खटेका थिए । प्रारम्भिक वातावरणीय मूल्यांकन लगायतका प्रकृया अड्किए पनि निर्माणको काम उनीहरुले नरोकेले तोकिएकै समयमा उत्पादन सुरु हुन लागेको हो । 
      उद्योगका लागि पाल्पामा क्लिङकर खानी किनिएको छ । तर अहिले उद्योगमा आवश्यक चुनढुंगा भने शिवमबाट ल्याएको छ । खानीसम्म बाटो नपुगेकोले अन्यत्रबाट चुनढुंगा ल्याउन लागेको हो  । दुई सय बिगाहा क्षेत्रफलमा फैलिएको होङशी शिवम सिमेन्ट उद्योगमा ३६ अर्ब ७५ करोड रुपैयाँ लगानी रहेको छ । 
      उद्योगबाट ओपिसी सिमेन्ट नौलाख २० हजार टन र पिपिसी सिमेन्ट १३ लाख ८० हजार टन उत्पादन हुनेछ । उद्योगमा एक हजार ५० जनाले रोजगारी पाउने आकलन गरीएको छ । उद्योगका लागि ५० मेगावाट विजुली आवश्यक पर्नेछ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d