काठमाडौँ, साताको पहिलो दिन आज शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्चेञ्जका अनुसार नेप्से परिसूचक १२.५१ बिन्दुले ओरालो लागेर एक हजार ३५३.६४ बिन्दुमा आइपुगेको छ ।
यस्तै ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.९१ बिन्दुले ओरालो लागेर २८५.३८ बिन्दुमा झरेको छ । कूल १६० कम्पनीको आठ लाख ४३ हजार ४१० कित्ता शेयर रु ३६ करोड १६ लाख ९६ हजार ७६३ मूल्यमा कारोबार भएको स्टकले जनाएको छ ।
उपसूचकमध्ये वित्त क्षेत्रको मात्रै शेयर उकालो लाग्दा अरु समूहका शेयर भने ओरालो लागेका छन् । सो उपसमूहको शेयर ०.०६ बिन्दुले उकालो लागेको हो । बैंकिङ ११.५५, होटल ३१.०६, विकास बैंक १३.४३, जलविद्युत् १९.८१, बीमा ६८.३२, उत्पादन ८.६६, अन्य ६.६१ र माइक्रो–फाइनान्स उपसमूहको ७.५४ बिन्दुले ओरोलो लाग्दा बजार घटेको हो ।
श्री इन्भेस्टमेन्टले बोनस शेयर दिने
श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनीले रु १६ करोड ७९ लाख ७८ हजार ५६७ बोनस शेयर दिने प्रस्ताव गरेको छ । आर्थिक वर्ष २०७३÷७४ को नाफाबाट विद्यमान चुक्ता पूँजी रु ६३ करोड २१ लाख ७१ हजार ४३२ को २६.५७ प्रतिशतले हुन आउने रकम बोनस शेयरका रुपमा वितरण गर्न लागिएको सो कम्पनीले स्टकलाई जानकारी गराएको छ । उक्त प्रस्तावलाई वार्षिक साधारणसभाबाट पारित गरी शेयरधनीलाई वितरण गरिनेछ ।
दोहोरो अंकले घट्यो शेयर बजार
चिनारी पोस्ट - ७ वर्ष अगाडि
वैशाख २३,२०७५








