आर्थिक
मुक्तहलियाले पाउने रकममा अनियमितता
बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकका १६ जना मुक्तहलियाले आफूहरुसँग घुस मागेको भन्दै जिल्ला हलिया मुक्ति समाजका सदस्य वीरभान कोलीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा आइतबार निवेदन दिएका छन् ।
लगानी बोर्डले ६ खर्बको लगानी गर्यो
लगानी बोर्डले हालसम्म करीब रु ६ खर्ब बराबरका डेढ दर्जन परियोजनाको काम अघि बढाएको जनाएको छ । बोर्डले प्रवद्र्धन गरेका केही परियोजना निर्माणको चरणमा तथा केही प्रक्रियामा रहेको समेत जनाएको छ ।
निकुञ्ज घुम्ने पर्यटक बढे
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउनेको संख्या बढेको छ । आव २०७४÷७५ मा चार हजार ७४० पर्यटकले निकुञ्जको अवलोकन गरेका छन् ।
टेलिकमको आम्दानीमा वृद्धि
नेपाल टेलिकमको गत आर्थिक वर्षको कूल आय रु ४५ अर्ब ५६ करोड ५८ लाख रहेको छ । अघिल्लो आवको तुलनामा गत आवमा टेलिकमको आम्दानी दुई दशमलव १९ प्रतिशतले वृद्धि भएको छ ।
खर्चबारे संयमित हुनुस् : अर्थमन्त्री
अर्थमन्त्री डा युवराज खतिवडाले प्रदेश र स्थानीय तहलाई कर र खर्चका बारेमा संयमित हुन आग्रह गरेका छन् ।
शेयरबजारमा कस्तो रह्यो यो साता ? हेर्नुहोस् विस्तुतमा
पुँजी बजार लगानीकर्ताहरुका लागि यो साता उत्साहजनक बन्न सकेन । साताभरमा भएको कारोबारमा पाँचै दिन अधिकांश समूहहरुको परिसुचक ओरालो लागेको छ । यो साता लगानीकर्ताहरुले करोडौं रुपैयाँ गुमाएका छन् । यस साता कारोबार रकममा भारी गिरावट आयो ।
धानमा आत्मनिर्भरता कथा मात्रै, ६ वर्षमा १ खर्ब ३१ अर्बको आयात
आयातमुखी अर्थतन्त्रका कारण नेपालको अर्थतन्त्र मजबुत बन्न सकेको छैन । अधिकांश वस्तुको आयात वर्षेनी बढ्दै गएको छ । पछिल्लो ६ वर्षको अवधिमा धानको आयात दोब्बरले बढेको छ ।
ऊर्जा क्षेत्रमा लगानी गर्न नेपाल–बंगलादेशबीच समझदारी
नेपाल र बंगलादेश ऊर्जा क्षेत्रमा मिलेर काम गर्न सहमत भएका छन् । लामो समयदेखि चर्चामा रहेको ऊर्जा सहयोग आदानप्रदानसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा शुक्रबार दुई देशबीच हस्ताक्षर भएको छ ।
सहकारीको पूँजी उत्पादनमूलक क्षेत्रमा लगानी गरीने
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सहकारीमा संकलित पूँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरिने बताएकी छन् ।
सहकारीबाट रु ४९ लाख चोरी
चितवनका सहकारी संस्थामा चोरीको घटना बढ्दै गएको छ । विगत ६ महिनामा जिल्लका नौ सहकारी संस्थामा चोरी भएको छ । प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार ती सहकारीबाट रु ४९ लाख ३८ हजार बराबरको चोरी भएको छ ।








