वैशाख १७,२०८३ / १२ : ३२ पूर्वान्ह / 2026-04-30 12:32 am
      • param ad
      • furniture
      • veera Incorporation

      लगानी बोर्डले ६ खर्बको लगानी गर्यो

      - ७ वर्ष अगाडि
      श्रावण २७,२०७५

      काठमाण्डौ, लगानी बोर्डले हालसम्म करीब रु ६ खर्ब बराबरका डेढ दर्जन परियोजनाको काम अघि बढाएको जनाएको छ । 

      बोर्डले प्रवद्र्धन गरेका केही परियोजना निर्माणको चरणमा तथा केही प्रक्रियामा रहेको समेत जनाएको छ । सिंहदरबारमा आईतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा लगानीबोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भारतीय प्रवद्र्धक सतजल विद्युत् निगमले प्रवद्र्धन गरेको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गर्न थालिएको जानकारी दिए । 

      लगानी बार्डको कामका बारेमा जानकारी गदाउदै ५०० मेघावाट भन्दा बढिको आवश्यक आयोजनाको बारेमा अध्ययन भईरहेको बताए । नेपालमा लगानी गर्न चाहने देशलाई दुतावासमार्फत सहजीकरणको काम पनि बोर्डले गरिरहेको उनको भनाई छ । 

      यस्तै नेपाली र चिनियाँको संयुक्त लगानीमा स्थापित होङ्सी शिवम् सिमेन्ट उद्योगले उत्पादन शुरु गरेको उनले बताए । दीर्घकालीन महत्वका ठूला परियोजनामध्ये केही निर्माणको चरणमा गएको र केही प्रक्रियामा रहेको उनले जानकारी दिए । उनले बोर्डले संयोजन गरेको परियोजना आशातीत् रुपमा अगाडि बढेको र केही परियोजनामा ढिलाइ भए पनि क्रमशः ती निर्माणमा जाने बताए । 

      त्यस्तै बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव डाक्टर बैकुण्ठ अर्यालले अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र त्यसअन्तर्गका कानुनी विषय आर्थिक ऐनमा पनि उल्लेख गरिएकाले द्विविधामा बस्नु नपर्ने उल्लेख गरे । समिति सदस्यहरुले बित्त आयोगमा पदाधिकारी नियुक्त गरी पूर्णता दिन सरकारलाई सुझाव दिएका थिए ।

        सम्बन्धित समाचारहरु